चैत्र १५, २०८२ आइतबार | १२:४५:४३
पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने

रोहित र मूर्सको शतकीय साझेदारीमा लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

पोखराविरुद्ध ब्याटिङ गर्दै टम मूर्स र रोहित पौडेल, तस्विरः सरोज सापकोटा/खेलाडी

काठमाडौं । कप्तान रोहित पौडेल र टम मूर्सको शतकीय साझेदारीप्रेरित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सविरुद्ध १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले २० ओभरको समाप्तिमा पाँच विकेट गुमाउँदै १७० रनको योगफल तयार पार्यो ।

रोहित र मूर्सले चौथो विकेटका लागि ११० रनको साझेदारी गरे । रोहितले ५९ बलमा १० चौका र चार छक्कासहित ९५ रनको पारी खेल्दा मूर्स अर्धशतकबाट पाँच रनले चुके ।

मूर्सले ३८ बलमा समान दुई चौका र छक्कासहित ४५ रनको योगदान गरे । ३३ बलमा ५० रन पूरा गरेका रोहितले त्यसपछि २६ बल खेल्दा थप ४५ रन बनाए ।

यसबाहेक चौथो नम्बरका ब्याटर सन्दीप जोराले १८ रनको योगदान गर्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अर्धशतक बनाएपछि ब्याट उचाल्दै कप्तान रोहित पौडेल, तस्विरः सरोज सापकोटा/खेलाडी

पोखराका लागि विपीन खत्रीले दुई विकेट लिँदा एक विकेट म्याट क्रिचलेको नाममा रह्यो ।

लुम्बिनीले पहिलो ओभरको तेस्रो बलमा ओपनर आशुतोष घिरैयालाई शून्य रनमा गुमाएको थियो । उनी बिपीन खत्रीको बलमा एलबिडब्ल्युको शिकार बने । तेस्रो ओभरको दोस्रो बलमा उन्मुक्त चन्द पनि खाता नै खोल्न नपाई पेभिलियन फर्किए । विराटनगरविरुद्धको पहिलो खेलमा अनुपस्थित रहेका चन्द विपीनकै बलमा रेमन राइफरबाट क्याच भए । त्यसपछि क्रिजमा आएका सन्दीप जोरा सातौं ओभरको पहिलो बलमा क्रिचलेको बलमा एलबिडब्ल्युको शिकार बने ।

जोराको विकेटपछि रोहित र मूर्सले पारीलाई सम्हाले । १९औं ओभरको अन्तिम बलमा अर्धशतक नजिक रहेका मूर्स विकेटकिपर आन्द्रेस गोउसबाट स्टम्प आउट भए । पारीको अन्तिम बलमा गोउसले रोहितलाई रनआउट गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो