माघ १७, २०८२ शनिबार | १०:२२:५६
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

रोहित र मूर्सको शतकीय साझेदारीमा लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

पोखराविरुद्ध ब्याटिङ गर्दै टम मूर्स र रोहित पौडेल, तस्विरः सरोज सापकोटा/खेलाडी

काठमाडौं । कप्तान रोहित पौडेल र टम मूर्सको शतकीय साझेदारीप्रेरित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सविरुद्ध १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले २० ओभरको समाप्तिमा पाँच विकेट गुमाउँदै १७० रनको योगफल तयार पार्यो ।

रोहित र मूर्सले चौथो विकेटका लागि ११० रनको साझेदारी गरे । रोहितले ५९ बलमा १० चौका र चार छक्कासहित ९५ रनको पारी खेल्दा मूर्स अर्धशतकबाट पाँच रनले चुके ।

मूर्सले ३८ बलमा समान दुई चौका र छक्कासहित ४५ रनको योगदान गरे । ३३ बलमा ५० रन पूरा गरेका रोहितले त्यसपछि २६ बल खेल्दा थप ४५ रन बनाए ।

यसबाहेक चौथो नम्बरका ब्याटर सन्दीप जोराले १८ रनको योगदान गर्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अर्धशतक बनाएपछि ब्याट उचाल्दै कप्तान रोहित पौडेल, तस्विरः सरोज सापकोटा/खेलाडी

पोखराका लागि विपीन खत्रीले दुई विकेट लिँदा एक विकेट म्याट क्रिचलेको नाममा रह्यो ।

लुम्बिनीले पहिलो ओभरको तेस्रो बलमा ओपनर आशुतोष घिरैयालाई शून्य रनमा गुमाएको थियो । उनी बिपीन खत्रीको बलमा एलबिडब्ल्युको शिकार बने । तेस्रो ओभरको दोस्रो बलमा उन्मुक्त चन्द पनि खाता नै खोल्न नपाई पेभिलियन फर्किए । विराटनगरविरुद्धको पहिलो खेलमा अनुपस्थित रहेका चन्द विपीनकै बलमा रेमन राइफरबाट क्याच भए । त्यसपछि क्रिजमा आएका सन्दीप जोरा सातौं ओभरको पहिलो बलमा क्रिचलेको बलमा एलबिडब्ल्युको शिकार बने ।

जोराको विकेटपछि रोहित र मूर्सले पारीलाई सम्हाले । १९औं ओभरको अन्तिम बलमा अर्धशतक नजिक रहेका मूर्स विकेटकिपर आन्द्रेस गोउसबाट स्टम्प आउट भए । पारीको अन्तिम बलमा गोउसले रोहितलाई रनआउट गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।