चैत्र ८, २०८२ आइतबार | ०६:५५:४५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

बोपाराको लगातार दोस्रो खेलमा अर्धशतक

काठमाडौं । चितवन राइनोजका ब्याटर रवी बोपाराले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बोपाराले कर्णाली याक्सविरुद्ध ३५ बलमा सात चौका र एक छक्काको मद्धतमा ५० रन पूरा गरेका हुन् ।

जारी एनपिएलको यो नवौं अर्धशतक हो । बोपाराले यसअघि चितवनको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ३८ बलमा समान तीन चौका र छक्कासहित ५१ रनको पारी खेलेको थिए ।

बोपाराको अर्धशतकसँगै टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले १८ ओभरमा ६ विकेटको क्षतिमा १११ रन जोडेको छ । बोपारालाई चार बलमा तीन रन बनाएका अमर रौटेलाले साथ दिइरहेका छन् ।

कर्णालीका लागि जिसन मक्सुद र विपीन शर्माले दुई विकेट लिँदा सोमपाल कामी र नन्दन यादव समान एक विकेट लिएका छन् ।

पहिलो ओभरको पाँचौं बलमा कप्तान सोमपाल कामीले ओपनर लुक बेन्केनस्टेइनलाई रनको खाता पनि खोल्न नदिइ बोल्ड गरेका थिए । चौथो ओभरको पाँचौैं बलमा नन्दन यादवले आठ रन बनाएर खेलिरहेका अर्का ओपनर दीपक बोहरालाई देव खनालबाट क्याच गराए । छैटौं ओभरको पहिलो बलमा जिसन मक्सुले विपिन रावललाई व्यक्तिगत ११ रनमा बोल्ड गरे ।

ब्याटिङ पावरप्लेमा चितवनले मात्र २८ रन जोड्न सक्यो । विपिनपछि क्रिजमा आएका कुशल मल्ल र बोपाराले चौथो विकेटका लागि ६० रनको साझेदारी गरे ।
१४औं ओभरको तेस्रो बलमा मक्सुदले नै कुशलको विकेट लिएर कर्णालीलाई ब्रेक थ्रु दिलाए । गुल्सन झाबाट क्याच भएका कुशलले २७ बलमा दुई चौका र एक छक्कासहित २३ रनको योगदान गरे ।

१६औं ओभरको अन्तिम बलमा चितवनले जीवनदान पायो । मक्सुदको बलमा लोफ्टी इटनको क्याच अर्जन घर्तीले ड्रप गरे । तर, इटनलाई लगत्तैको ओभरमा भाग्यले साथ दिएन । विपीन शर्माको बलमा उनी एलबिडब्ल्युको शिकार बन्दै पेभिलियन फर्किए । त्यसको दोस्रो बलमै विपीनले चितवनलाई अर्को सफलता दिलाउ । सोहेल तनवीर खाता नै खोल्न नपाई बोल्ड भए । त्यसपछि क्रिजमा आए अमर रौटेलाले क्रिजमा बोपारालाई स्ट्राइक रोटेट गरिरहेका छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो