फाल्गुन २९, २०८२ शुक्रबार | ०४:५०:२९
सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै शीर्ष स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै शीर्ष स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी

एनपिएलः शिखर धवनविरुद्ध सोहेल तन्वीर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा शुक्रबार कर्णाली याक्स र चितवन राइनोज आमने सामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुँदैछ ।

लगातार तेस्रो खेलमा जित हासिल गर्ने लक्ष्यमा रहेको चितवनका प्रमुख खेलाडी हुन् पाकिस्तानी तीव्र गतिका बलर सोहेल तन्वीर । उता पछिल्ला दुई खेलमा हार ब्यहोरेको कर्णालीका हाइलाइटेड खेलाडी हुन् भारतीय पूर्व ओपनर शिखर धवन । एनपिएल खेल्न नेपाल आइपुगेका एक मात्र भारतीय खेलाडी हुन् धवन । तन्वीर पनि एक मात्रै पाकिस्तानी खेलाडी हुन् ।

भारत र पाकिस्तनबीचको प्रतिद्धन्द्धीताको बारेमा नेपाली दर्शक विज्ञ छन् । शुक्रबार त्रिवि मैदानमा उनीहरुले केही हदसम्म यसको अनुभव गर्न पाउनेछन् । एकातिर हुनेछ तन्वीरको बल, अर्कोतिर धवनको ब्याट । खेलमा को हाबी बन्लान ?

तन्वीर जारी प्रतियोगिताकै सर्वाधिक विकेट लिने दौडमा पहिलो स्थानमा छन् । तन्वीरले आठ विकेट लिइसकेका छन् । पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेट लिएर तन्वीरले सनसनी मच्चाएका थिए । दोस्रो खेलमा त तन्वीरले पहिलो ओभरमै तीन खेलाडीलाई पेभिलियनको बाटो देखाएर । पोखरा एभेन्जर्सविरुद्ध उनले पहिलो बलमै कप्तान कुशल भुर्तेलको विकेट लिएका थिए ।

कूल आठ ओभर बलिङ गर्दा तन्वीरले मात्र २७ रन खर्चिएका छन् । जसमा एक मेडन पनि समावेश छ । निश्चित छ, कर्णालीविरुद्ध पनि तन्वीरले विकेट लिनेछन् । के थाहा ? धवन नै तन्वीरको शिकार बन्ने पो हुन् कि ?

तन्वीरले ट्वान्टी २० अन्तर्राष्ट्रियमा भारतविरुद्ध नै डेब्यू गरेका थिए । २००७ मा दक्षिण अफ्रिकामा भएको ट्वानटी २० विश्वकपमा उनले समूह चरणमा भारतविरुद्धको खेल खेलेका थिए । जहाँ उनले रोविन उथप्पाको विकेट लिएका थिए । त्यतिबेला उनी २२ वर्षीय ठिटो थिए । अहिले तन्वीर करिअरको उत्तरार्धमा छन्, धवन जत्तिको राम्रो खेलाडीको विकेट तन्वीरलाई पनि लिन मन हुँदो हो । फेरि यो त एउटा प्रतिष्ठाको लडाई पनि त हो ।

यो भनिरहँदा धवनको लय कस्तो छ त ? धवन पहिलो खेलमा १४ रन बनाउँदै पेभिलियन फर्किएका थिए । दोस्रो खेलमा अविजित ७२ रनको प्रहार गरेका धवनबाट शुक्रबार पनि धेरै रनको आशा गर्न सकिन्छ । दोस्रो खेलपछि उनी दबाबमुक्त पनि भएका छन् ।  तन्वीर कस्ता खालका बलर हुन् भन्ने धवनलाई थाहा छ । धवनले त्रिवि मैदानको पिच बुझिसकेका छन् । यो अवस्थामा धवन कम्तिमा पनि तनवीरको बलमा पेभिलियन फर्कन चाहँदैन ।

धवनलाई टोलीलाईसँगै लिएर हिँड्ने जिम्मेवारी पनि छ । चितवनविरुद्ध हार ब्यहोरे कर्णालीको प्ले अफ पुग्ने सम्भावना न्युन हँदै जानेछ । त्यसैले चार खेलका लागि काठमाडौं आएका धवनप्रति दबाब नै नहुने भन्ने पनि होइन । त्यसैले पनि शुक्रबारको यो ब्याटल रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ ।

धवनले ६८ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । पाकिस्तानविरुद्ध उनी दुई पटक मैदानमा उत्रिएका छन् । २०१४ मा पहिलो पटक अनि २०१६ मा दोस्रो तथा अन्तिम पटक । मिरपुरमा भएको पहिलो अनुभवमा उनले ३० रन बनाएका थिए भने कोलकातामा भएको दोस्रो अनुभवमा उनी ६ रनमै पेभिलियन फर्किएका थिए ।

तनवीरले ५७ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । भारतविरुद्ध उनी चार पटक मैदानमा उत्रिएका छन् । यी चार खेलमा उनले १६ ओभर बलिङ गर्दा मात्र दुई विकेट लिएका छन् । २००७ मा तनवीरले भारतविरुद्धको फाइनल पनि खेलेका थिए । त्यतिबेला पनि रोविन उथप्पाा तनवीरको शिकार बनेका थिए । २०१२ मा तनवीरले दुई पटक भारतविरुद्ध खेलेका थिए । बेंगलुरु र अहमदावादमा सम्पन्न खेलमा तनवीर विकेटविहीन बनेका थिए । यो हिसाबमा हेर्ने हो भने धवनको पलडा तनवीरप्रति केही हदसम्म भारी रहन सक्छ ।

तर, यी सबै इतिहासका कुरा भए । अहिले उनीहरु खेलिरहेका छन् त्रिविको पिचमा । दुवैका लागि यो पिच नौलो छ । जहाँ बिहान पहिले ब्याटिङ गर्ने टोलीले सुरुआती ३० मिनेट संघर्ष गरिरहेको छ । बल ब्याटमा आइरहेको छैन । यस्तोमा शुक्रबार टसले पनि प्रमुख भूमिका खेल्नेछ । मुख्य कुरा ट्वान्टी-२० क्रिकेटमा हरेक दिन नयाँ हुन्छ । अनि यो यस्तो फर्म्याट हो जहाँ एउटा क्लिकले खेलको रुप नै बदल्न सक्छ । हेरौं ! के हुन्छ ।
 देखिनेछन् ।  


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||