चैत्र १३, २०८२ शुक्रबार | ००:१८:२४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

हिजो राति नै ‘प्लेयर अफ दी म्याच' लिन्छु भनेर योजना बनाइसकेको थिएँः नरेन साउद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को डेब्यू खेलमै चम्किएका युवा बलर नरेन साउदले आफूनले हिजो राति नै ‘प्लेयर अफ दी म्यान लिने योजना बनाएको बताएका छन् ।

नरेनको उत्कृष्ट प्रदर्शनप्रेरित सुदूरपश्चिम रोयल्सले बिहीबार काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको सहज जित दर्ता गरेको थियो । नरेन नै ‘प्लेयर अफ दी म्याच' चुनिएका थिए । 

खेलपछि नरेनले भने ‘मैले हिजो राति नै ‘प्लेयर अफ दी म्याच' लिन्छु भनेर  योजना बनाइसकेको थिएँ। भलै त्यो होस् वा नहोस् ।  यती ठूलो प्रतियोगिताको डेब्यू खेलमै उत्कृष्ट प्रदर्शन गर्न सकेकोमा खुसी छु । अझ धेरै गर्न बाँकी छ ।’

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौं १५.५ ओभरमा ९४ रनमै समेटिएको थियो ।

काठमाडौंका लागि स्टेफन स्किनाजीले सर्वाधिक ३७ रनको योगदान गरे । सुदूरपश्चिमका लागि नरेनले ३.५ ओरभमा मात्र १९ रन खर्चिदै पाँच विकेट लिए ।

नरेनले स्किनाजीसँगै जेरार्ड इरास्मस, काठमाडौंका कप्तान करण केसी, शाहब आलम र रासिद खानलाई आफ्नो शिकार बनाए । उनले एनपिएलको एकै खेलमा पाँच विकेट लिने दोस्रो बलर हुन् । यसअघि चितवन राइनोजका सोहल तन्वीरले काठमाडौं विरुद्ध नै यो सफलता हात पारेका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका लागि ब्रेन्डन म्याकमुलनले ३६ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे । काठमाडौंका लागि  रासिद खानले सर्वाधिक दुई विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो