मंसिर २०, २०८१ बिहीबार | ०७:३८:५८
एम्बाप्पेको पेनाल्टी मिस, रियाल पराजित एनपिएलः लगातार दोस्रो जितको लक्ष्यमा काठमाडौं र सुदूरपश्चिम एनपिएलः जनकपुरविरुद्ध पोखरा, मनोविज्ञानले नतिजा निर्धारण गर्ने खेल म्याड्रिस्टा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा खेल जिताउँछु भनेर विश्वस्त थिएँः लोकेश बम विराटनगरको पहिलो जित, लुम्बिनी पराजित लुम्बिनीविरुद्ध लोकेशको अर्धशतक जितको लयलाई कायम राख्ने छौंः करण केसी लुम्बिनीविरुद्ध विराटनगरको राम्रो सुरुआत लुम्बिनीले दियो विराटनगरलाई १९२ रनको लक्ष्य एम्बाप्पेको पेनाल्टी मिस, रियाल पराजित एनपिएलः लगातार दोस्रो जितको लक्ष्यमा काठमाडौं र सुदूरपश्चिम एनपिएलः जनकपुरविरुद्ध पोखरा, मनोविज्ञानले नतिजा निर्धारण गर्ने खेल म्याड्रिस्टा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा खेल जिताउँछु भनेर विश्वस्त थिएँः लोकेश बम विराटनगरको पहिलो जित, लुम्बिनी पराजित लुम्बिनीविरुद्ध लोकेशको अर्धशतक जितको लयलाई कायम राख्ने छौंः करण केसी लुम्बिनीविरुद्ध विराटनगरको राम्रो सुरुआत लुम्बिनीले दियो विराटनगरलाई १९२ रनको लक्ष्य

खेल जिताउँछु भनेर विश्वस्त थिएँः लोकेश बम

लोकेश बम

काठमाडौं । नेपाल सुपर लिग(एनपिएल) मा पहिलो जित दर्ता गरेपछि विराटनगर किंग्सका ओपनरले लोकेश बमले आफूले नै खेल जिताउनेमा विश्वस्त रहेको बताएका छन् ।

लोकेशको उत्कृष्ट प्रदर्शनप्रेरित विराटनगरले लुम्बिनी लायन्सविरुद्ध दुई विकेटको रोमाञ्चक जित दर्ता गरेको थियो ।

प्रतियोगितामा पहिलो जित दर्ता गरेपछि लोकेशले भने ‘ओपनर भएपछि जहिले पनि टोलीलाई राम्रो सुरुआत दिने लक्ष्य हुन्छ । पहिलो इनिङ सकिएपछि आजको खेल मैले नै जिताउँछु भनेको थिए । पछिल्लो दुई खेलमा प्रदर्शन सोचेअनुसारको हुन सकिरहेको थिएन त्यसैले आज जसरी पनि राम्रो गर्नुपर्छ भन्ने थियो । एकअर्कामा विश्वास गरेकाले नै नतिजा हाम्रो पक्षमा आयो ।’

त्रिवि क्रिकेट मैदानमा बुधबार लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा आठ विकेट गुमाउँदै पूरा गरेको थियो ।

विराटनगरका लागि लोकेशले ४७ बलमा ६ छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ७१ रनको योगदान गरेका थिए । लुम्बिनीका लागि दुर्गेश गुप्ताले तीन विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९१ रनको योगफल तयार पारेको थियो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले २९ बलमा चार चौका र दुई छक्काको मद्दतले  सर्वाधिक ४६ रनको योगदान गरे । विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, राजेश पुलामी र इस्मत आलमले  समान एक विकेट लिए ।

यसैगरी लोकेशले विकेटकिपङमा भने आफूले धेरै सुधार गर्नुपर्ने बताए । ‘आज सोचेअनुसारको विकेटकिपङ गर्न सकिन । धेरै रन मेरै गल्तीका कारण निस्किएको थियो । आगामी खेलमा यसलाई सुधार गर्नेछु,’ लोकेशले भने । 


भिडियो
बिहानै देखि म म्याच जिताउँछु भनेर टोलीका सबैलाई भनिरहेको थिएँ : LOKESH BAM II BIRATNAGAR KINGS NPL
Ben Cutting अस्वस्थ थिए, त्यसैले अन्तिम ओभर Bibek Yadav लाई दिएको हुँ : Rohit Paudel LUMBINI LIONS
Kathmandu Gurkhas विरुद्ध पराजित भएपछि @KarnaliYaks का कप्तान Sompal Kami II NPL
@KarnaliYaks लाई हराउँदै पहिलो जित निकालेपछि Kathmandu Gurkhas का कप्तान Karan KC II NPL
CHITWAN RAINOS VS POKHARA AVENGERS II POST MATCH CONFRENCE RIJAN DHAKAL II NEPAL PREMIER LEAGUE
COACH RAJIV KUMAR I CHITWAN RAINOS VS POKHARA AVENGERS POST MATCH CONFRENCE II NEPAL PREMIER LEAGUE
Biratnagar kings सँगको जित पछि खुशी मनाउदै Sudurpaschim Royals का फ्यानहरु Nepal Premier League