मंसिर २०, २०८१ बिहीबार | ०७:२०:०२
एनपिएलः लगातार दोस्रो जितको लक्ष्यमा काठमाडौं र सुदूरपश्चिम एनपिएलः जनकपुरविरुद्ध पोखरा, मनोविज्ञानले नतिजा निर्धारण गर्ने खेल म्याड्रिस्टा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा खेल जिताउँछु भनेर विश्वस्त थिएँः लोकेश बम विराटनगरको पहिलो जित, लुम्बिनी पराजित लुम्बिनीविरुद्ध लोकेशको अर्धशतक जितको लयलाई कायम राख्ने छौंः करण केसी लुम्बिनीविरुद्ध विराटनगरको राम्रो सुरुआत लुम्बिनीले दियो विराटनगरलाई १९२ रनको लक्ष्य पावरप्लेमा लुम्बिनीले बनायो ५६ रन एनपिएलः लगातार दोस्रो जितको लक्ष्यमा काठमाडौं र सुदूरपश्चिम एनपिएलः जनकपुरविरुद्ध पोखरा, मनोविज्ञानले नतिजा निर्धारण गर्ने खेल म्याड्रिस्टा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा खेल जिताउँछु भनेर विश्वस्त थिएँः लोकेश बम विराटनगरको पहिलो जित, लुम्बिनी पराजित लुम्बिनीविरुद्ध लोकेशको अर्धशतक जितको लयलाई कायम राख्ने छौंः करण केसी लुम्बिनीविरुद्ध विराटनगरको राम्रो सुरुआत लुम्बिनीले दियो विराटनगरलाई १९२ रनको लक्ष्य पावरप्लेमा लुम्बिनीले बनायो ५६ रन

विराटनगरको पहिलो जित, लुम्बिनी पराजित

लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै लोकेश बम, तस्विरः सरोज सापकोटा/ खेलाडी ।

काठमाडौं । लोकेश बमको उत्कृष्ट प्रदर्शनप्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित दर्ता गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार विराटनगरले लुम्बिनी लायन्सविरुद्ध दुई विकेटको जित निकाल्यो । 

जितसँगै विराटनगरले तीन खेलमा दुई अंक जोडेको छ । लुम्बिनीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

विराटनगर अघिल्ला दुई खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

लुम्बिनीले प्रस्तुत गरेको १९२ रनको लक्ष्यको विराटनगरले एक बल बाँकी रहँदा आठ विकेट गुमाउँदै पूरा गर्यो ।

विराटनगरका लागि लोकेश बमले सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी बसिर अहमदले ४०, मार्टिन गप्टिलले २८ र क्रिस सोलेले अविजित १४ रन बनाए । 

लोकेशले पाँचौं विकेटका लागि बसिरसँग ७८ तथा दोस्रो विकेटका लागि मार्टिनसँग ६२ रनको साझेदारी गरे । लुम्बिनीका लागि दुर्गेश गुप्ताले तीन, रामोन सिमन्ड्स र साद बिन जफरले समान दुई तथा विवेक यादवले एक विकेट लिए ।

पहिलो ओभरको अन्तिम बलमा रामोन सिमन्ड्सले इस्मल आलमलाई रनको खाता पनि खेल्न नदिइ कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए ।

दुर्गेश गुप्तामार्टिन गप्टिललाई आठौं ओभरको पहिलो बलमा बोल्ड गरे । उनले उनले १७ बलमा ६ चौकको मद्दतले २८ रन बनाए । 

\साद बिन जफरले १०औं ओभरको तेस्रो बलमा राजेश पुलामीलाई कट एन्ड बोल्डको सिकार बर्नाए । १० बलको सामना गरेका उनले चार रन बनाए । लगत्तैको बलमा जफरले निकालस किर्टनलाई बोल्ड गरे ।

दुर्गेशले १६ औं ओभरको दोस्रो बलमा बसिर अहमदलाई बेन कटिङबाट क्याच गराए । उनले २४ बलमा चार चौका र एक छक्काको मद्दतले ४० रन बनाए ।

सिमोन्ड्सले १७औं ओभरको चौथो बलमा ७१ रन बनाएर खेलिरहेका लोकेश बमलाई सन्दीप जोराबाट क्याच गराए । ४७ बलको सामना गरेका उनले ६ छक्का र तीन चौका प्रहार गरे । 

दुर्गेशले १९औ ओभरको दोस्रो बलमा प्रतिश जिसीलाई आफ्नो तेस्रो सिकार बनाए । ६ रन बनाएका प्रतिश बोल्ड भए ।

विवेकले २०औ ओभरको पहिलो बलमा कप्तान सन्दीप लामिछानेलेलाई सिमोन्ड्सबाट क्याच गराए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९१ रनको योगफल तयार पारेको ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४६, टम मुर्सले ३०, विवेक यादवले अविजित १९, अर्जुन साउदले १७, आशुतोष घिरैया र साद बिन जफरले समान १५ तथा सन्दीप जोराले १२ रन बनाए ।

तेस्रो विकेटका लागि रोहित र टमले ६७ रनको साझेदारी गरे । विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, राजेश पुलामी र इस्मत आलमले  समान एक विकेट लिए ।

चौथो ओभरको पहिलो बलमा आशुतोष घिरैया रन आउटको सिकार बने । १३ बलको सामना गरेका उनले दुई चौका र एक छक्काको मद्दतले १५ रन बनाए ।

विराटनगरविरुद्ध ब्याटिङ गर्दै रोहितकुमार पौडेल र अर्जुन साउद, तस्विरः सरोज सापकोटा /खेलाडी ।
 

आठौं ओभरको दोस्रो बलमा अर्जुन साउद १७ रन बनाएर पेभेलियन फर्किए । १९ बलमा तीन चौका प्रहार गरेका उनलाई इस्मत आलमले बोल्ड गराए । 

रोहितकुमार पौडेललाई १३औं ओभरका पाँचौं बलमा राजेश पुलामीले प्रतिश जिसीबाट क्याच गराए । उनले २९ बलमा चार चौका र दुई छक्काको मद्दतले ४६ रन बनाए ।

टम मुर्स १४औं ओभरको चौथो बलमा रन आउट भए । १७ बलको सामना गरेका उनले तीन छक्का र एक चौकाको मद्दतले ३० रनको योगदान गरे ।

सन्दीप जोरा १७ औं ओभरको दोस्रो बलमा रन आउट भए । उनले १३ बलमा १२ रन जोडे । सन्दीप लामिछानले १९औं ओभरको दोस्रो बलमा १५ रन बनाएर खेलिरहेका साद बिन जफरलाई मार्टिन गप्टिलबाट क्याच गराए ।

सोही ओभरको चौथो बलमा ६ रन बनाएर खेलिरहेका बेन कटिङ रन आउट भए ।

बुधबारै सम्पन्न पहिलो खेलमा काठमाठौं गुर्खाजले कर्णाली याक्सविरुद्ध तीन विकेटको जित दर्ता गरेको थियो ।


भिडियो
बिहानै देखि म म्याच जिताउँछु भनेर टोलीका सबैलाई भनिरहेको थिएँ : LOKESH BAM II BIRATNAGAR KINGS NPL
Ben Cutting अस्वस्थ थिए, त्यसैले अन्तिम ओभर Bibek Yadav लाई दिएको हुँ : Rohit Paudel LUMBINI LIONS
Kathmandu Gurkhas विरुद्ध पराजित भएपछि @KarnaliYaks का कप्तान Sompal Kami II NPL
@KarnaliYaks लाई हराउँदै पहिलो जित निकालेपछि Kathmandu Gurkhas का कप्तान Karan KC II NPL
CHITWAN RAINOS VS POKHARA AVENGERS II POST MATCH CONFRENCE RIJAN DHAKAL II NEPAL PREMIER LEAGUE
COACH RAJIV KUMAR I CHITWAN RAINOS VS POKHARA AVENGERS POST MATCH CONFRENCE II NEPAL PREMIER LEAGUE
Biratnagar kings सँगको जित पछि खुशी मनाउदै Sudurpaschim Royals का फ्यानहरु Nepal Premier League