काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गुर्खाजविरुद्धको खेलमा कर्णाली याक्सले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा दुई विकेट गुमाउँदै ३९ रन बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले पहिलो ओभरमै विकेट गुमाएको थियो । पहिलो ओभरको तेस्रो बलमा ओपनर देव खनाल करण केसीको बलमा एलबिडब्ल्युको शिकार बनेका थिए ।
त्यसपछि क्रिजमा आएका चाडविक वाल्टनले केही आक्रमक सट खेले । तर, चौथो ओभरको पाँचौं बलमा वाल्टन पनि पेभिलियन फर्किए । जेरार्ड इरास्मसको बलमा उनी करण केसीबाट मिड अफमा क्याच भएका थिए । चाडविकले १५ बल खेल्दा पाँच चौकासहित २१ रनको योगदान गरे ।
अहिले ओपनर शिखर धवन र चौथो नम्बरका ब्याटर बाबर हायात क्रिजमा छन् ।
भिडियो
बिहानै देखि म म्याच जिताउँछु भनेर टोलीका सबैलाई भनिरहेको थिएँ : LOKESH BAM II BIRATNAGAR KINGS NPL
Ben Cutting अस्वस्थ थिए, त्यसैले अन्तिम ओभर Bibek Yadav लाई दिएको हुँ : Rohit Paudel LUMBINI LIONS
Kathmandu Gurkhas विरुद्ध पराजित भएपछि @KarnaliYaks का कप्तान Sompal Kami II NPL
@KarnaliYaks लाई हराउँदै पहिलो जित निकालेपछि Kathmandu Gurkhas का कप्तान Karan KC II NPL
CHITWAN RAINOS VS POKHARA AVENGERS II POST MATCH CONFRENCE RIJAN DHAKAL II NEPAL PREMIER LEAGUE
COACH RAJIV KUMAR I CHITWAN RAINOS VS POKHARA AVENGERS POST MATCH CONFRENCE II NEPAL PREMIER LEAGUE
Biratnagar kings सँगको जित पछि खुशी मनाउदै Sudurpaschim Royals का फ्यानहरु Nepal Premier League