माघ १५, २०८२ बिहीबार | १४:०५:२२
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

दोस्रो एकदिवसीयमा पाकिस्तान विजयी

काठमडौं । घरेलु टोली अस्ट्रेलियाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको दोस्रो खेलमा पाकिस्तानले ९ विकेटको सहज जित निकालेको छ । ।

पाकिस्तानको जितसँगै तीन खेलको शृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा अस्ट्रेलिया दुई विकेट विजयी भएको थियो ।

शुक्रबार एड्लेड ओभलमा अस्ट्रेलियाले प्रस्तुत गरेको १६४ रनको लक्ष्य पाकिस्तानले २६.३ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो ।

पाकिस्तानका लागि सइम अयुबले ७१ बलमा ६ छक्का र पाँच चौकाको मद्दतले सर्वाधिक ८२ रनको योगदान गरे । यसैगरी अब्दुल्लाह शफिकले ६९ बलमा चार चौका र तीन छक्काको मद्दतले अविजित ६४ र बाबर आजमले अविजित १५ रन बनाए ।

पहिलो विकेटका लागि अयुब र शफिकले १३७ रनको साझेदारी गरे । अस्ट्रेलियाका लागि एकमात्र विकेट एडम जाम्पाले लिए । 
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ३५ ओभरमा सबै विकेट गुमाउँदै १६३ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि स्टिभ स्मिथले ३५, म्याथ्यु शर्टले १९, जोश इङ्लिस र एडम जाम्पाले समान १८, ग्लेन म्याक्सवेलले १६, आरोन हार्डीले १४ तथा ज्याक फ्रेसर म्याकग्रुक र कप्तान प्याट कमिन्सले समान १३ रन बनाए ।

पाकिस्तानका लागि हरिस रौफले आठ ओभरमा २९ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी शहिन शाह अफ्रिदीले तीन तथा नसिम शाह र मोहम्मद होसनैनले समान एक विकेट लिए ।

शृंखलाको तेस्रो तथा निर्णायक खेल आइतबार हुनेछ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।