माघ १०, २०८२ शनिबार | ०१:३२:३५
जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्छन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्छन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह

सुदूरपश्चिम फाइनलमा

फाइल तस्विर

विराटनगर । समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेशविरुद्ध १२३ रनको जित निकाल्दै सुदूरपश्चिम प्रदेश नरेश श्रेष्ठ स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

लगातार पाँचौं जितसँगै ६ खेलमा १० अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा छ । पराजित कोशी खेलबाट दुई अंकका साथ छैटौं स्थानमा छ ।

सोमबार विराटनगरस्थित ज्वाला क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १८४ रनको लक्ष्य पछ्याएको कोशी  २२.३ ओभरमा ६० रनमै समेटियो ।

कोशीका लागि कप्तान सौजन घिमिरेले २६ र आशिष मगरले १३ रन बनाउनुबाहेका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि सचिन भट्टले ६ ओभरमा दुई मेडनसहित मात्र सात रन खर्चिदै पाँच विकेट लिए । यसैगरी नरेन साउदेले चार र आयुश द्धवारियाले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १८३ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका लागि युवराज खत्रीले ४४, अभिषेक थापाले ३७, कप्तान नरेन भट्टले २४, अशोक धामीले २२, नरेन साउदले २० तथा राजेश ऐर र दीपक रोकायले समान १० रन बनाए ।

कोशीका लागि सौजन घिमिरेले चार, विपिन महतोले दुई तथा प्रेम कामत, आशिष मगर र किर्तिक कामतले समान एक विकेट लिए ।

सुदूरपश्चिमले उपाधिका लागि लुम्बिनी प्रदेशको सामना गर्नेछ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate