माघ १५, २०८२ बिहीबार | १४:०५:३२
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

अस्ट्रेलियाको विजयी यात्रा जारी

काठमाडौं । साविक विजेता अस्ट्रेलियाले आइसिसी महिला ट्वान्टी-२० विश्वकपमा मंगलबार न्युजिल्यान्डविरुद्ध ६० रनको सहज जित निकालेको छ ।

लगातार दोस्रो जितसँग दुई खेलमा चार अंक जोडेको अस्ट्रेलिया समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो पराजय ब्यहोरेको न्युजिल्यान्ड समान खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा छ ।

सारजाह क्रिकेट रंगशालामा अस्ट्रेलियाले प्रस्तुत गरेको १४९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९.२ ओभरमा ८८ रनमै समेटियो ।

न्युजिल्यान्डका लागि एमेलिया केरले २९, सुजी बेट्सले २० र लिया तहुहुले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक मा रन जोड्न सकेनन् ।

अस्ट्रेलियाका लागि मेगन स्कट र एनाबेल सदरल्यान्डले समान तीन, सोफी मोलिनेयुक्सले दुई तथा जर्जिया वेरहम र ताहलिया म्याकग्राले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४८ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि बेथ मोनीले ४०, एलिस पेरीले ३०, कप्ता एलिस हेलीले २६ र फोबी लिचफिल्डले १८ रन बनाए ।

न्युजिल्यान्डका लागि एमेलियो केरले चार तथा रोजमेरी मायर र ब्रुक हेलिडेले समान दुई विकेट लिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।