माघ १७, २०८२ शनिबार | १८:२७:४९
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

टमाटा क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षकमा नियुक्त

जगत टमाटा, फाइल तस्विर ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडा र अमेरिकामा हुने आइसिसी विश्वकप लिग-२ को शृंखलाका लागि जगत टमाटालाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ ।

मंगलबार भएको टोलीको बिदाइ कार्यक्रममा क्रिकेट संघका सचिव पारस खड्काले टमाटालाई नियुक्ति गरिएको जानकारी दिए ।

नेपालले सेप्टम्बर १६ देखि २० सम्म हुने शृंखलाका लागि क्यानाडा भ्रमण गर्दैछ । यो एकदिवसीय शृंखलामा नेपाल, घरेलु टोली क्यानाडा र ओमान छन् ।

नेपालले सेप्टेम्बर १६ मा क्यानाडासँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ । यसैगरी नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानाडा र २४ मा ओमानको समाना गर्नेछ ।

एकदिवसीय शृंखलापछि यी तीनै टोली सम्मिलत ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला पनि हुनेछ । नेपालले सेप्टेम्बर २८ र अक्टोबर १ मा क्यानाडा तथा  सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्नेछ ।

त्यसपछि नेपाल लिग-२ नै खेल्न अमेरिका प्रस्थान गर्नेछ । अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र ट्वान्टी-२० दुवै शृंखला हुनेछ ।

नेपालले पहिलो शृंखला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो थियो । उक्त शृंखलामा नामिबियासँग दुवै खेल हारेको नेपालले नेदरल्यान्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्लेल, आसिफ शेख, भीम सार्की, अनिल साह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी करण केसी, गुल्शन झा, रिजन ढकाल, ललितनारायण राजवंशी, सन्दीप लामिछाने ।

यसैगरी ट्राभलिङ रिजर्भका रूपमा देव खनाल छन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।