माघ १२, २०८२ सोमबार | ११:३५:१४
स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि युनाइटेडसँग आर्सनल स्तब्ध जित्नै पर्ने दबाबमा नेपाल केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित चर्च ब्वाइजले जावलाखेललाई हरायो नेपाललाई चौथो स्थान, दोस्रो हुनबाट चुक्यो भुटान एपिएफको अपराजित यात्रा कायमै, एनआरटीको लगातार जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा गुरुङलाई राष्ट्रिय यु–२० महिला टोलीको जिम्मेवारी स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि युनाइटेडसँग आर्सनल स्तब्ध जित्नै पर्ने दबाबमा नेपाल केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित चर्च ब्वाइजले जावलाखेललाई हरायो नेपाललाई चौथो स्थान, दोस्रो हुनबाट चुक्यो भुटान एपिएफको अपराजित यात्रा कायमै, एनआरटीको लगातार जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा गुरुङलाई राष्ट्रिय यु–२० महिला टोलीको जिम्मेवारी

बंगलादेशसँग हारेपछि पाकिस्तानलाई पीडै पीडा

काठमाडौं । पाकिस्तानी क्रिकेटमा पछिल्लो समय केही पनि राम्रो भइरहेको थिएन् । अझ त्यसमा एउटा अर्को पीडा थपिएको छ, बंगलादेशविरुद्धको हार ।

भर्खर पाकिस्तानले बंगलादेशसँग दुई टेस्टको सिरिज खेलेको छ र त्यसको नतिजा स्तब्धपूर्ण नै रह्यो । पाकिस्तानले घरमै दुवै टेस्ट गुमायो र ह्वाइटवास बेहोर्न बाध्य रह्यो ।

खासमा पाकिस्तानका लागि यो असहय नतिजा नै हो । त्यसैले केही पुराना खेलाडीले भन्न थालेका छन्, यो त हुँदै भएन् ।

अझ सबैभन्दा डरलाग्दो तथ्य त के भने पाकिस्तानले पछिल्लो समय घरमा खेलेका १० टेस्टमध्ये ६ मा हार बेहोरेको छ । यो त साँच्चै अति नै भयो नि । त्यसैले चारैतर्फ आक्रोस पनि देखिन थालेको छ ।

पाकिस्तानी क्रिकेटका सबैभन्दा ठूलो नाममध्ये एक जावेद मियाँदादले भनेका छन्, ‘अहिले हाम्रो क्रिकेट जहाँ छ, त्यसलाई लिएर साह्रै दुःख छ । सिरिज जितका लागि बंगलादेशलाई त्यसको श्रेय पनि दिनै पर्छ । तर जसरी हाम्रो ब्याटिङको स्तर तल झरेको छ, यो असाध्यै खराव लक्षण हो । खेलाडीमा आत्मविश्वास नै देखिन्न ।’

पूर्व कप्तान समेत रहेका मियाँदादले खेलडीको खराव प्रदर्शनपछि अनिश्चित पाकिस्तानी क्रिकेटलाई पनि दोष दिएका छन् । उनको तर्क हो, पाकिस्तानी क्रिकेट बोर्ड आफै एकपछि अर्को उतारचढावबाट गुज्रिरहको छ ।

त्यसको सिधा सिधा असर खेलाडीमा पर्न थालेको छ । पाकिस्तानका अर्का कप्तान इन्जमाम–उल–हक पनि मान्छन्, बंगलादेशविरुद्धको हारले गलत सन्देश दिन्छ ।

उनी भन्छन्, ‘घरमा खेल्दा जितको सम्भावना सधैं बढी हुन्छ । तर पछिल्लो समय पाकिस्तानी क्रिकेटले घरमै जित्न सकिरहेको छैन् ।’

यस्तै अर्का लिजेन्डरी ब्याटर युनिस खान भन्छन्, ‘मलाई लाग्छ, अहिले पाकिस्तानी खेलाडी मानसिक रूपमा धेरै कमजोर देखिएका छन् । यो समस्याबाट चाँडै मुक्त हुन आवश्यक छ ।’
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate