माघ १७, २०८२ शनिबार | १४:०९:५६
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

गण्डकीकाे जित, बागमतीकाे फाइनल पुग्ने झिनाे सम्भावना कायम

काठमाडौं । प्रदेस एकलाई एक विकेटले हराउँदै गण्डकीले वाइवाई यु–१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।

गण्डकीसँग पराजित भएसँगै प्रदेस एक भने प्रतियोगिताबाट बाहिरिएको छ । फाइनल सम्भावना जिवित राख्न आज प्रदेस एकलाई जित्नैपर्ने दवाब थियो ।

गण्डकीको जितबाट सुदुरपश्चिम प्रदेससँगै बागमती प्रदेसको पनि गणितिय रुपमा फाइनल पुग्ने सम्भावना बनेको छ ।

तालिकाको दोस्रो स्थानमा रहेको सुदुरपश्चिमले पाँच खेलबाट ६ अंक जोडेको छ । सुदुरपश्चिमले अन्तिम खेलमा बागमतीको सामना गर्दैछ । पाँच खेलबाट चार अंक जोडेको बागमती तालिकाको पाँचौ स्थानमा छ । अन्तिम खेलमा सुदुरपश्चिमविरुद्ध जित निकाले बागमतीको फाइनल पुग्ने सम्भावना रहेको छ ।

जितसँगै ६ खेलबाट ६ अंक जोडेको गण्डकी रनरेटका आधारमा तेस्रो स्थानमा उक्लियो । चौथो स्थानमा रहेको प्रदेस एकले पनि ६ खेलबाट ६ अंक जोड्यो ।

यसअघि ६ खेलबाट पाँचमा जित र एकमा हार बेहोरेको लुम्बिनी प्रदेसले फाइनलमा स्थान पक्का गरिसकेको छ ।

सात प्रदेस सम्मिलित प्रतियोगिताको शीर्ष दुई टाेली १९ गते उपाधिका लागि भिड्ने छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार प्रदेस एकले प्रस्तुत गरेको एक सय ३४ रनको सामान्य लक्ष्य गण्डकीले ३८ ओभरमा नौं विकेट गुमाउँदै पुरा गर्यो ।

गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ३५ रन बनाए । उनले ७० बलमा ६ चौका प्रहार गरेका थिए । यस्तै दिपक डुम्रेले ३३ र मिलन क्षेत्रीले २४ रन जोडे ।

प्रदेस एकका दिपेशले चार विकेट लिदा लव कामतले तीन र श्रावण किस्कु र अभिनय राजवंशीले समान एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको प्रदेस एकले ४४.४ ओभरमा समेटिनुअघि एक सय ३३ रनको योगफल खडा गरेको थियो ।

प्रदेस एकका लागि दिपेश कंडेलले ४६ रन जोडे । यस्तै दिपक जोशीले १६ र विवेक मेहताले १४ रन बनाए ।

गण्डकीका कमल परियारले तीन विकेट हात पार्दा सुदिप अर्यालले दुई तथा किरण पौडेल, सुवास भण्डारी र विष्णु पाण्डेले समान एक विकेट लिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।