चैत्र १४, २०८२ शनिबार | ०८:०३:२९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

गण्डकीकाे जित, बागमतीकाे फाइनल पुग्ने झिनाे सम्भावना कायम

काठमाडौं । प्रदेस एकलाई एक विकेटले हराउँदै गण्डकीले वाइवाई यु–१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।

गण्डकीसँग पराजित भएसँगै प्रदेस एक भने प्रतियोगिताबाट बाहिरिएको छ । फाइनल सम्भावना जिवित राख्न आज प्रदेस एकलाई जित्नैपर्ने दवाब थियो ।

गण्डकीको जितबाट सुदुरपश्चिम प्रदेससँगै बागमती प्रदेसको पनि गणितिय रुपमा फाइनल पुग्ने सम्भावना बनेको छ ।

तालिकाको दोस्रो स्थानमा रहेको सुदुरपश्चिमले पाँच खेलबाट ६ अंक जोडेको छ । सुदुरपश्चिमले अन्तिम खेलमा बागमतीको सामना गर्दैछ । पाँच खेलबाट चार अंक जोडेको बागमती तालिकाको पाँचौ स्थानमा छ । अन्तिम खेलमा सुदुरपश्चिमविरुद्ध जित निकाले बागमतीको फाइनल पुग्ने सम्भावना रहेको छ ।

जितसँगै ६ खेलबाट ६ अंक जोडेको गण्डकी रनरेटका आधारमा तेस्रो स्थानमा उक्लियो । चौथो स्थानमा रहेको प्रदेस एकले पनि ६ खेलबाट ६ अंक जोड्यो ।

यसअघि ६ खेलबाट पाँचमा जित र एकमा हार बेहोरेको लुम्बिनी प्रदेसले फाइनलमा स्थान पक्का गरिसकेको छ ।

सात प्रदेस सम्मिलित प्रतियोगिताको शीर्ष दुई टाेली १९ गते उपाधिका लागि भिड्ने छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार प्रदेस एकले प्रस्तुत गरेको एक सय ३४ रनको सामान्य लक्ष्य गण्डकीले ३८ ओभरमा नौं विकेट गुमाउँदै पुरा गर्यो ।

गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ३५ रन बनाए । उनले ७० बलमा ६ चौका प्रहार गरेका थिए । यस्तै दिपक डुम्रेले ३३ र मिलन क्षेत्रीले २४ रन जोडे ।

प्रदेस एकका दिपेशले चार विकेट लिदा लव कामतले तीन र श्रावण किस्कु र अभिनय राजवंशीले समान एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको प्रदेस एकले ४४.४ ओभरमा समेटिनुअघि एक सय ३३ रनको योगफल खडा गरेको थियो ।

प्रदेस एकका लागि दिपेश कंडेलले ४६ रन जोडे । यस्तै दिपक जोशीले १६ र विवेक मेहताले १४ रन बनाए ।

गण्डकीका कमल परियारले तीन विकेट हात पार्दा सुदिप अर्यालले दुई तथा किरण पौडेल, सुवास भण्डारी र विष्णु पाण्डेले समान एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो