काठमाडौं । प्रशिक्षक म्याथ्युज मोटले इङ्लिस टोलीबाट अगल हुने निर्णय लिएका छन् । मोटलाई दुई वर्ष अगाडि सिमित ओभरको इङ्लिस टोली हेर्न जिम्मेवारी दिइएको थियो ।
उनको प्रशिक्षणमा इङ्ल्यान्डले सन् २०२२ को आइसिसी ट्वान्टी-२० विश्वकप जितेको थियो । गत महिना सम्पन्न ट्वान्टीऔ२० विश्वकपमा भने इङ्ल्यान्ड सेमिफाइनलबाटै बाहिरिएको थियो ।
मोटको प्रशिक्षणमा इङ्ल्यान्डले अस्ट्रेलिया, बंगलादेश, आयरल्यान्ड, नेदरल्यान्ड्स, न्युजिल्यान्ड र पाकिस्तानविरुद्ध सिमित ओभरको शृंखला जितेको थियो ।
गत साता इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) का प्रबन्ध निर्देशक रोब कीसँगको भेटमा मोटले जिम्मेवारीबाट हट्न चाहेको बताएका थिए ।
मोटका यो निर्णयपछि सहायक मार्कस ट्रेस्कोथिकलाई अन्तरिम प्रशिक्षक बनाइएको इसिबीले जानकारी दियो ।
भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
