चैत्र १८, २०८२ बुधबार | १०:२१:२८
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

श्रीलंका पहिलो पटक च्याम्पियन

काठमाडौं । साविक विजेता भारतलाई आठ विकेटले पराजित गर्दै घरेलु टोली श्रीलंका पहिलो पटक एसिसी महिला ट्वान्टी-२० एसिया कपको च्याम्पियन बनेको छ ।

श्रीलंका छैटौं प्रयासमा उपाधि जित्न सफल भयो । यसअघिका पाँच फाइनल खेलमा श्रीलंका भारतसँगै पराजित भएको थियो ।  

रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले प्रस्तुत गरेको १६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा मात्र दुई विकेट गुमाउँदै पूरा गर्यो ।

श्रीलंकका लागि हर्षिता समराविक्रमाले ५१ बलमा ६ चौका र दुई छक्काको मद्दतले अविजित ६९ रनको योगदान गरिन् । यसैगरी कप्तान चमारी अथापथुले ४३ बलमा नौ चौका र दुई छक्काको मद्दतले ६१ र काविशा दिलहरीले  अविजित ३० रन बनाए ।

हर्षिताले दोस्रो विकेटका लागि अथापथुसँग ८७ र तेस्रो विकेटका लागि दिलहरीसँग अविजित ७३ रनको साझेदारी गरिन् । भारतका लागि एक मात्र विकेट दिप्ती शर्माले लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि स्मृति मन्धनाले ४७ बलमा १० चौकाको मद्दले सर्वाधिक ६० रन बनाइन् । यसैगरी ऋचा घोषले ३०, जेमिमाह रोड्रिगेजले २९, सफाली वर्माले १६ र कप्तान हरमनप्रित कौरले ११ रन बनाए ।

श्रीलंकका लागि काविशा दिलहरीले दुई तथा उदेशिका प्रबोधनी, सचिनी निसन्सला र चमारी अथापथुले समान एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो