चैत्र ७, २०८२ शनिबार | ०४:५३:४४
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

युएईलाई नतिजा सुम्पिएसँगै नेपालको विश्वकप सपना अधुरै

काठमाडौं । सयुक्त अरब इमिरेट्स (युएई) लाई ४८ रनले नतिजा सुम्पिएसँगै नेपालको ग्लोबल छनोटमा प्रवेश गर्ने लक्ष्यले पूर्णता पाएन ।

आइतबार आइसिसी महिला ट्वान्टी २० विश्वकपअन्तर्गत एसिया छनोटको शीर्ष स्थानमा बस्दै ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई युएईले प्रस्तुत गरेको एक सय २८ रनको लक्ष्य १० बल अगावै वा घटिमा १० रनले हराउनु पर्ने थियो। तर नेपालले १९.४ ओभरमा ७९ रनमा सीमित भयो ।

जितसँगै शीर्ष स्थानको युएई पाँच खेलमा शतप्रतिशत जित सहित १० अंक जोड्दै ग्लोबल छनोटमा प्रवेश गरेको । नेपाल भने पाँच खेलमा ६ अंक सहित दोस्रो स्थानमा रह्यो ।

नेपालका लागि इन्दु वर्माले २० बलमा एक चौका सहित १५ रन र सीता राना मगरले आठ बलमा तीन चौका सहित १३ रन बनाए । यसबाहेक नेपालका अन्य ब्याटरले उल्लेख्य योगदान गर्न सकेनन् ।

युएईकी समाइरा धारनीधार्काले सर्वाधिक चार विकेट लिइन् । यस्तै खुशी शर्मा र चमानी सेनेविरान्ताले समान दुई तथा छायाँ मुगालले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्त्याइएको युएईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय २७ रनको योगफल खडा गरेको थियो ।

युएईका लागि चमानीले ३६ बलमा सात चौकाको मद्दतमा ५२ रनको अर्धशतकिय पारी खेलेकी थिइन् । त्यस्तै त्रिथा सतिसले ४६ बलमा तीन चौकाको मद्दतमा ४७ रन जोडिन् ।

नेपालकी कविता कुवँरले दुई, सवनम राई, सीता राना मगर र संगिता राईले समान एक विकेट लिए ।

पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई  आठ विकेट, तेस्रो खेलमा कुवेतलाई नौंै विकेट, चौंथोमा मलेसियामाथि ६ विकेटको जित हात पारेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो