माघ १७, २०८२ शनिबार | १०:२२:१९
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

युएईलाई नतिजा सुम्पिएसँगै नेपालको विश्वकप सपना अधुरै

काठमाडौं । सयुक्त अरब इमिरेट्स (युएई) लाई ४८ रनले नतिजा सुम्पिएसँगै नेपालको ग्लोबल छनोटमा प्रवेश गर्ने लक्ष्यले पूर्णता पाएन ।

आइतबार आइसिसी महिला ट्वान्टी २० विश्वकपअन्तर्गत एसिया छनोटको शीर्ष स्थानमा बस्दै ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई युएईले प्रस्तुत गरेको एक सय २८ रनको लक्ष्य १० बल अगावै वा घटिमा १० रनले हराउनु पर्ने थियो। तर नेपालले १९.४ ओभरमा ७९ रनमा सीमित भयो ।

जितसँगै शीर्ष स्थानको युएई पाँच खेलमा शतप्रतिशत जित सहित १० अंक जोड्दै ग्लोबल छनोटमा प्रवेश गरेको । नेपाल भने पाँच खेलमा ६ अंक सहित दोस्रो स्थानमा रह्यो ।

नेपालका लागि इन्दु वर्माले २० बलमा एक चौका सहित १५ रन र सीता राना मगरले आठ बलमा तीन चौका सहित १३ रन बनाए । यसबाहेक नेपालका अन्य ब्याटरले उल्लेख्य योगदान गर्न सकेनन् ।

युएईकी समाइरा धारनीधार्काले सर्वाधिक चार विकेट लिइन् । यस्तै खुशी शर्मा र चमानी सेनेविरान्ताले समान दुई तथा छायाँ मुगालले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्त्याइएको युएईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय २७ रनको योगफल खडा गरेको थियो ।

युएईका लागि चमानीले ३६ बलमा सात चौकाको मद्दतमा ५२ रनको अर्धशतकिय पारी खेलेकी थिइन् । त्यस्तै त्रिथा सतिसले ४६ बलमा तीन चौकाको मद्दतमा ४७ रन जोडिन् ।

नेपालकी कविता कुवँरले दुई, सवनम राई, सीता राना मगर र संगिता राईले समान एक विकेट लिए ।

पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई  आठ विकेट, तेस्रो खेलमा कुवेतलाई नौंै विकेट, चौंथोमा मलेसियामाथि ६ विकेटको जित हात पारेको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।