माघ १५, २०८२ बिहीबार | २०:२७:४१
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं । एसिसी महिला ट्वान्टी-२० एसिया कपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भारतसँग ८२ रनको हार ब्यहोरेको छ ।

यो हारसँगै समूह ‘ए’ को नेपाल तनि खेलमा दुई जोडेर साथ तेस्रो स्थानमा रहँदै बाहिरिएको छ । 

शतप्रतिशत जित निकालेको भारत ६ अंकका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको छ । यो समूहबाट चार अंक जोडेको पाकिस्तान उपविजेताका रूपमा अगाडि बढ्यो ।

यसअघि युएईलाई ६ विकेटले पराजित गरेको नेपालले पाकिस्तानसँग नौ विकेटको हार ब्यहोरेको थियो । भारतले यसअघि पाकिस्तानलाई सात विकेट र युएईलाई ७८ रनले पराजित गरेको थियो ।

रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि नौ विकेट गुमाउँदै  ९६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सीता रानामगरले १८, विन्दु रावलले अविजित १७, रुबिना क्षेत्रीले १५ र कप्तान इन्दु बर्माले १४ रन बनाए ।

भारतका लागि दीप्ती शर्माले तीन, अरुनधती रेड्डी र राधा र यादवले समान दुई तथा रेनुका सिंहले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १७८ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि सफाली बर्माले ४८ बलमा १२ चौका र एक छक्काको मद्दतले सर्वाधिक ८१ रनको योगदान गरिन् । यसैगरी दयालन हेमालथाले ४७, जेमिमाह रोड्रिगेजले अविजित २८ र सञ्जीवन सजनाले १० रन बनाए ।

पहिलो विकेटका लागि सफाली र दयालनले १२२ रनको साझेदारी गरे । नेपालका लागि सीता रानामगरले दुई र कविता जोशीले एक विकेट लिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।