काठमाडौं । भारतीय क्रिकेट टोलीमा मुख्य प्रशिक्षक गौतम गम्भिरले रोहित शर्मा र विराट कोहली सन् २०२७ को एकदिवसीय विश्वकप पनि खेल्न सक्ने बताएका छन् ।
प्रशिक्षक बनेपछिको पहिलो पत्रकार सम्मेलनमा गम्भिरले यस्तो प्रतिक्रिया दिए । गम्भिरको प्रशिक्षणमा भारतले श्रीलंका भ्रमण गर्दैछ ।
भारतले श्रीलंकामा समान तीन खेलको ट्वान्टी २० र एकदिवसीय शृंखला खेल्दैछ । एकदिवसीय टोलीमा रोहित र विराट अटाएका छन् ।
‘उनीहरूले प्रतियोगितामा के गर्न सक्छन् भन्ने देखाएका छन्। रोहित र विराटले आफ्नो फिटनेसमा ध्यान दिए भने २०२७ को एकदिवसीय विश्वकपको पनि हिस्सा बन्न सक्छन्,’ गाम्भिरले भने, ‘म उनीहरूको बारेमा निर्णय लिन सक्दिनँ, यो निर्णय व्यक्तिगत कुरो हो। टोलीको सफलतामा कति समय र कति योगदान दिन सक्छन् भन्ने निर्णय खेलाडीले नै गर्ने हो। रोहित र विराट विश्वस्तरका खेलाडी हुन् र अझै पनि योगदान दिन सक्छन् । ’