चैत्र १८, २०८२ बुधबार | ०८:५८:१९
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

अन्तिम खेलमा पनि भारत विजयी

काठमाडौं । घरेलु टोली जिम्बावेविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पाँचौं तथा अन्तिम खेलमा पनि भारत ४२ रनले विजयी भएको छ ।

हरारे स्पोर्टस क्लबमा आइतबारको जितसँगै भारतले पाँच खेलको शृंखला ४-१ ले आफ्नो पक्षमा पार्यो ।

भारतले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याएको जिम्बावे १८.३ ओभरमा १२५ रनमै समेटियो । जिम्बावेका लागि डिओन मयर्सले ३४,टाडिवान्से मरुमनी र फराज अक्रमले समान २७ रन बनाए ।

भारतका मु्केश कुमारले चार, शिभम दुबेले दुई तथा तुषार देशपाण्डे, वासिङटन सुन्दर र अविशेक शर्माले समान एक जिकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि सन्जु  स्यामसनले ४५ बलमा चार छक्का र एक छक्काको मद्दतले सर्वाधिक ५८ रनको योगदान गरे । यसैगरी शिबम दुबेले २६, रियान परागले २२, कप्तान शुभमन गिलले १३, यशस्वी जैसवालले १२ र रिंकु सिंहले अविजित ११ रन बनाए ।

चौथो विकेटका लागि सन्जु र रियानले ६५ साझेदारी गरेका थिए । जिम्बावेका लागि ब्लेसिङ मुजरबानीले दुई तथा कप्तान सिकन्दर राजा रिचर्ड एनगर्वाले समान एक विकेट लिए ।

यसअघि जिम्बावे १३ रनले विजयी हुँदा भारतले १०० र २३ रन तथा १० विकेटको जित निकालेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो