माघ १८, २०८२ आइतबार | ०९:१९:४१
समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ?

भारतको लगातार दोस्रो जित

काठमाडौं । घरेलु टोली जिम्बावेविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा भारतले लगातार दोस्रो जित निकालेको छ ।

हरारे स्पोर्टस क्लबमा बुधबार सम्पन्न तेस्रो खेलमा भारत २३ रनले विजयी भयो । यो जितसँगै भारतले पाँच खेलको शृंखलामा २-१ को अग्रता लिएको छ ।

भारतले प्रस्तुत गरेको १८३ रनको लक्ष्य पछ्याएको जिम्बावेले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १५९ मात्र बनाउन सक्यो ।

जिम्बावेका लागि डिओन मयर्सले ४९ बलमा सात चौका र एक छक्काको मद्दतले अविजित ६५ रनको योगदान गरे । यसैगरी सिलिभ मडान्डेले ३७, वालिङ्टन मसाकड्जाले अविजित १८, कप्तान सिकन्दर राजाले १५ र टाडिवान्से मरुमनीले १३ रन बनाए ।

छैटौं विकेटका लागि डिओन र सिलिभबीच ७७ रनको साझेदारी भयो । भारतका लागि वासिङ्टन सुन्दरले तीन, आवेश खानले दुई र खलिल अहमदले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८२ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि कप्तान शुबमन गिलले ४९ बलमा सात चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरे । यसैगरी ऋतुराज गायकवाडले ४९, यशस्वी जैसवालले ३६, सञ्जु स्यामसनले अविजित १२ र अविशेक शर्माले १० रन बनाए ।

शुबमनले तेस्रो विकेटका लागि ऋतुराजसँग ७२ र पहिलो विकेटका लागि यशस्वीसँग ६७ रनको साझेदारी गरे । जिम्बावेका लागि ब्लेसिङ मुजरबानी र सिकन्दर राजाले समान दुई विकेट लिए ।

पहिलो खेलमा जिम्बावे १३ र दोस्रो खेलमा भारत १०० रनले विजयी भएका थिए । शृंखलाको चौथो खेल शनिबार हुनेछ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।