चैत्र १२, २०८२ बिहीबार | १६:२२:०६
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

भारतको लगातार दोस्रो जित

काठमाडौं । घरेलु टोली जिम्बावेविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा भारतले लगातार दोस्रो जित निकालेको छ ।

हरारे स्पोर्टस क्लबमा बुधबार सम्पन्न तेस्रो खेलमा भारत २३ रनले विजयी भयो । यो जितसँगै भारतले पाँच खेलको शृंखलामा २-१ को अग्रता लिएको छ ।

भारतले प्रस्तुत गरेको १८३ रनको लक्ष्य पछ्याएको जिम्बावेले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १५९ मात्र बनाउन सक्यो ।

जिम्बावेका लागि डिओन मयर्सले ४९ बलमा सात चौका र एक छक्काको मद्दतले अविजित ६५ रनको योगदान गरे । यसैगरी सिलिभ मडान्डेले ३७, वालिङ्टन मसाकड्जाले अविजित १८, कप्तान सिकन्दर राजाले १५ र टाडिवान्से मरुमनीले १३ रन बनाए ।

छैटौं विकेटका लागि डिओन र सिलिभबीच ७७ रनको साझेदारी भयो । भारतका लागि वासिङ्टन सुन्दरले तीन, आवेश खानले दुई र खलिल अहमदले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८२ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि कप्तान शुबमन गिलले ४९ बलमा सात चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरे । यसैगरी ऋतुराज गायकवाडले ४९, यशस्वी जैसवालले ३६, सञ्जु स्यामसनले अविजित १२ र अविशेक शर्माले १० रन बनाए ।

शुबमनले तेस्रो विकेटका लागि ऋतुराजसँग ७२ र पहिलो विकेटका लागि यशस्वीसँग ६७ रनको साझेदारी गरे । जिम्बावेका लागि ब्लेसिङ मुजरबानी र सिकन्दर राजाले समान दुई विकेट लिए ।

पहिलो खेलमा जिम्बावे १३ र दोस्रो खेलमा भारत १०० रनले विजयी भएका थिए । शृंखलाको चौथो खेल शनिबार हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो