चैत्र ६, २०८२ शुक्रबार | ०६:१७:५५
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

एकदिवसीय विश्वकपको बदला ट्वान्टी २० मा

काठमाडौं । भारतले आइसिसी एकदिवसीय विश्वकपको फाइनलमा बेहोरेको हारको बदला लिँदै अस्ट्रेलियालाई ट्वान्टी २० विश्वकपको सुपर ८ मा हराएको छ । सन् २०२३ मा भएको फाइनलमा भारतलाई घरेलु मैदानमै अस्ट्रेलियाले ६ विकेटले हराउँदै उपाधि उचालेको थियो ।

विश्वकपको ५१औं खेलमा वेष्ट इन्डिजको सेन्ट लुसियामा भएको थियो । भारत २४ रनको जित निकाल्न सफल भयो । भारतको जितमा कप्तान रोहित शर्माले ४१ बलमा ९२ रन बनाएका थिए । बलिङमा स्पिनरद्वय अर्शदीप सिंहले तीन र कुलदीप यादवले दुई विकेट लिएपछि अस्ट्रेलियाले विशाल लक्ष्य पछ्याउन सकेन ।

जितपछि भारतले सेमिफाइनल पक्का गरेको छ । समूह १ मा अर्काे टोलीको टुंगो बंगलादेश अफगानिस्तानबीचको खेलपछि लाग्नेछ । अस्ट्रेलिया र अफगानिस्तानको समान दुई अंक छ । बंगलादेश बिना अंक पुछारमा छ । यदि बंगलादेशले अफगानिस्तानलाई हराए नेटरनरेटको आधारमा अस्ट्रेलियाको सम्भावना रहन्छ । यदि अफगानिस्तान विजयी भए ऐतिहासिक सेमिफाइनल प्रवेश गर्नेछ ।

टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा अस्ट्रेलियाले ७ विकेट गुमाउँदा मात्र एक सय ८१ रन बनायो ।

ओपनर ट्राबिस हेडले ४३ बलमा ९ चौका र चार छक्कासहित सर्वाधिक ७६ रन बनाए । कप्तान मिचल मार्सले ३७, ग्लेन म्याक्स्वेलले २० र टिम डेविभडले १५ रन बनाए । ओपनर डेविड वार्नर ६, अलराउन्डर मार्कुस स्टोइनिस २ रन बनाएपछि अस्ट्रेलिया दबाबमा आएका थियो ।

यसअघि भारतको इनिङ्समा रोहितले ७ चौका र ८ छक्कासहित ९२ रन बनाए । उनलाई मिचल स्टार्कले बोल्ड गरेका थिए । अर्का ओपनर विराट कोहली ५ बल खेल्दा डकआउट भए । हार्दिक पांड्याले अविजित २७, शिभम दुबेले २८, सुर्यकुमार यादवले ३१ र ऋषभ पन्तले १५ रनको योगदान गरे । स्टार्कसहित स्टोइनिसले समान दुइ विकेट हात पारेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो