चैत्र १४, २०८२ शनिबार | ०५:१५:१७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अफगानिस्तानसँग अस्ट्रेलिया स्तब्ध

काठमाडौं । अस्ट्रेलिया आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर ८ मा अफगानिस्तानसँग २१ रनले पराजित भएको छ । अफगानिस्तानले पहिलाे पटक अस्ट्रेलियालाई हराएकाे हाे । 

यो नितजासँगै समूह १ दुवै टोलीको दुई खेलबाट समान दुई अंक भएको छ । पहिलो खेलमा अस्ट्रेलियले बंगलादेशलाई डिएलएसका आधारमा २८ रनले हराउँदा अफगानिस्ताले भारतसँग ४७ रनको पराजय ब्यहोरेको थियो ।

सेन्ट भिसेन्टसिथत अर्नोस भेले क्रिकेट मैदानमा आइतबार अफगानिस्तानले प्रस्तुत गरेको १४९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.२ ओभरमा १२७ रनमै समेटियो ।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४१ बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे । यसैगरी कप्तान मिचेल मार्शले १२ र मार्कस स्टोइनिसले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अफगानिस्तानका लागि गल्बदिन नइबले चार, नविन उल हलकले तीन तथा अज्मतुल्लाह ओमजाइ, मोहम्मद नबी र कप्तान रासिद खानले समान एक विकेट लिए ।  

त्यसअघि टस हारेर ब्याटिङको  निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रनको योगफल तयार पारेको थियो ।

अफगानिस्ताका लागि रमानुल्लाह गुर्बाजले ४९ बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे । यसैगरी इब्राहिम जाद्रनले ४८ बलमा ६ चौकाको मद्दतले ५१, किरम जन्नतले १३ र मोहम्मद नबीले अविजित १० रन बनाए ।

पहिलो विकेटका लागि गुर्बाज र जाद्रनले ११८ रनको साझेदारी गरे । अस्ट्रेलियाका अलराउन्डर प्याट कमिन्सले ह्याट्रिक विकेट लिए । प्रतियोगितामा यो उनको लगातार दोस्रो ह्याट्रिक हो ।

कमिन्सले  १७.६ ओभरमा रसिद खान र १९.१ ओभरमा करिम जन्नतलाई डेविड वार्नर तथा १९.२ ओभरमा गुल्बदिन नइबलाई ग्लेन म्यक्सवेलबाट क्याच गराए । यस्तै एडम जाम्पाले दुई र मार्कस स्टोइनिसले एक विकोट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो