चैत्र १३, २०८२ शुक्रबार | ०१:२५:१४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

इङ्ल्यान्डले वेस्ट इन्डिजलाई हरायो

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप अन्तर्गत सुपर ८ को आफ्नो पहिलो खेलमा साविक विजेता इङ्ल्यान्डले आयोजक वेस्ट इन्डिजविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

सेन्ट लुसियास्थित डारेन शामी राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार वेस्ट इन्डिजले प्रस्तुत गरेको १८१ रनको लक्ष्य इङ्ल्यान्डले १७.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

इङ्ल्यान्डका लागि फिल साल्टले ४७ बलमा सात चौका र पाँच छक्काको मद्दतले अविजित ८७ रनको योगदान गरे । यसैगरी जोनी बेयरिस्टोले अविजित ४८, कप्तान जोस बट्लरले २५ र मोइन अलीले १३ रन बनाए ।

साल्टले तेस्रो विकेटका लागि बेयरिस्टोसँग अविजित ९७ र पहिलो विकेटका लागि बट्लरसँग ६७ रनको साझेदारी गरे । वेस्ट इन्डिजका लागि  आन्द्रे रसेल र रोस्टन चेजले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८० रनको योगफल तयार पार्यो ।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८, निकोलस पुरन र कप्तान रोभमन पावेलले समान ३६ शेर्फेन रदरफोर्डले र ब्रन्डन किंगले २३ रन बनाए ।

दोस्रो विकेटका लागि चार्ल्स र पुरनले ५४ रनको साझेदारी गरे । इङ्ल्यान्डका लागि जोफ्रा आर्चर, आदिल राशिद, मोइन अली र लियम लिभिङ्गस्टोनले समान एक विकेट लिए ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो