चैत्र १४, २०८२ शनिबार | १३:५२:२६
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

आइसिसी ट्वान्टी-२० वरीयतामा दीपेन्द्रको सुधार

काठमाडौं । नेपालका दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ट्वान्टी-२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ तीन स्थान सुधार गरेका छन् ।

आइसिसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र छैटौं स्थानमा उक्लिएका छन् । दीपेन्द्र १९९ अंक प्राप्त गरे ।

यसैगरी अस्ट्रेलियाका मार्कस स्टोइनिस २३१ अंकका साथ शीर्ष स्थानमा उक्लिएका छन् । यसअघि शीर्ष स्थानमा रहेका अफगानिस्तानका मोहम्मद नबी भने तीन स्थान खस्किँदै चौथो स्थानमा पुगे ।

यसैगरी कुशल भुर्लेलले ठूलो छलाङ मारेका छन् । उनी ४३ स्थान सुधार गर्दै ६९औं स्थानमा पुगेका छन् । 

यस्तै कुशल मल्ल ३६, कप्तान रोहितकुमार पौडेल ५६, गुल्सन झा ६७  स्थानमा छन् ।  कुशल मल्ल एक र गुल्सन ६ स्थान तल झर्दा, रोहितले ११ स्थान सुधार गरे । 

टिम वरीयतामा भने नेपाल १८औं स्थानमा यथावत छ ।

ब्याटिङ वरीयतामा आसिफ शेखले छलाङ मारेका छन् । उनी २० स्थान सुधार गर्दै ६९औं स्थानमा पुगेका छन् ।

यसैगरी  रोहित ६१औं र दीपेन्द्र ४६औं स्थानमा छन् । रोहित ६ स्थान खस्किँदा दीपेन्द्रले पाँच स्थान सुधार गरेका हुन् ।

बलिङ वरीयतामा दीपेन्द्र ९६ र सोमपाल कामी ९१औं स्थानमा छन् । दीपेन्द्रले २७ र सोमपालले आठ स्थान सुधार गरे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो