चैत्र ८, २०८२ आइतबार | २१:३५:३७
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

दक्षिण अफ्रिकासँग पराजित नेपाल बाहिरियो

काठमाडौं । दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि नेपाल आइसिसी ट्वान्टी-२० विश्वकपबाट बाहिरिएको छ ।

जितसँगै समूह ‘डी’ को दक्षिण अफ्रिकाले ४ खेलमा ८ अंक जोड्यो । पराजित नेपालको ३ खेलमा १ अंक छ ।

सेन्ट भिसेन्टस्थित अर्नोस भेल क्रिकेट मैदानमा शनिबार दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ७ विकेट गुमाउँदै ११४ रन बनायो ।

नेपालका लागि आसिफ शेखले ४२, अनिल साहले २७ र कुशल भुर्तेलले १३ रन बनाए ।

तेस्रो विकेटका लागि आसिफ र अनिलले ५० रनको साझेदारी गरे । दक्षिण अफ्रिकाका लागि तावरेज शाम्सीले ४ तथा कप्तान एडेन मारक्रम र एनरिच नोत्जेले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रनको योगफल तयार पारेको थियो । 

दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले ४३, ट्रिस्टन स्टब्सले अविजित २७, एडेन मारक्रमले १५ र क्विनटन डी ककले १० रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले ४ र  दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपालले वर्षाका कारण खेल हुन नसक्दा श्रीलंकासँग अंक बाँडेको थियो ।

दक्षिण अफ्रिकाले यसअघि श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट र बंगलादेशलाई ४ रनले पराजित गरेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो