माघ ५, २०८२ सोमबार | १०:२२:५३
चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने

दक्षिण अफ्रिकासँग पराजित नेपाल बाहिरियो

काठमाडौं । दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि नेपाल आइसिसी ट्वान्टी-२० विश्वकपबाट बाहिरिएको छ ।

जितसँगै समूह ‘डी’ को दक्षिण अफ्रिकाले ४ खेलमा ८ अंक जोड्यो । पराजित नेपालको ३ खेलमा १ अंक छ ।

सेन्ट भिसेन्टस्थित अर्नोस भेल क्रिकेट मैदानमा शनिबार दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ७ विकेट गुमाउँदै ११४ रन बनायो ।

नेपालका लागि आसिफ शेखले ४२, अनिल साहले २७ र कुशल भुर्तेलले १३ रन बनाए ।

तेस्रो विकेटका लागि आसिफ र अनिलले ५० रनको साझेदारी गरे । दक्षिण अफ्रिकाका लागि तावरेज शाम्सीले ४ तथा कप्तान एडेन मारक्रम र एनरिच नोत्जेले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रनको योगफल तयार पारेको थियो । 

दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले ४३, ट्रिस्टन स्टब्सले अविजित २७, एडेन मारक्रमले १५ र क्विनटन डी ककले १० रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले ४ र  दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपालले वर्षाका कारण खेल हुन नसक्दा श्रीलंकासँग अंक बाँडेको थियो ।

दक्षिण अफ्रिकाले यसअघि श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट र बंगलादेशलाई ४ रनले पराजित गरेको थियो ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate