ट्वान्टी २० विश्वकप

क्यारेबियन टापुमा नेपाली समर्थक

किङसटाउनको एमोस भेलमा नेपाल र दक्षिण अफ्रिकाबीचको खेल सुरु भइसकेको छ । 

विश्व क्रिकेटको सदावाहर महारथी दक्षिण अफ्रिकाविरुद्धको खेलमा आफ्नो टोलीलाई समर्थन गर्न सीमित संख्यामा नेपाली समर्थक एमोस भेल आइपुगेका छन् । खेलको चौथो ओभरमा दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकाका स्टार ब्याटर क्विन्टन डी ककको विकेट लिएका छन् । 

 

त्यतिबेलासम्म दक्षिण अफ्रिकाले ३.४ ओभरमा एक विकेटको क्षतिमा २२ रन बनाएको छ । तस्बिरहरुः देवेन्द्र सुवेदी