चैत्र ८, २०८२ आइतबार | ०५:३८:१६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

आइपिएलको नयाँ सिजन अप्रिलबाट, १० टोलीको सहभागिता हुने

नयाँ दिल्ली । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले इन्डियन प्रिमियर लिग (आइपिएल)को आगामी संस्करण २०२२ को अप्रिल दुईमा सुरु गर्ने योजना बनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

विश्व क्रिकेटको सबभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताको खेलतालिका टुंगो नलागे पनि बिसिसिआईले मुख्य सरोकारवालालाई अप्रिल दुईबाट चेन्नईमा प्रतियोगिता सुरु गर्ने योजना जानकारी गराएको क्रिकबजले जनाएको छ ।

आठ टोलीको सहभागितामा ६० खेल हुने गरेको ट्वान्टी २० प्रतियोगितामा आगामी १५औं संस्करणदेखि १० टोलीले ७४ खेलको प्रतिस्पर्धामा सहभागिता जनाउने पक्का भइसकेको छ । बिसिसिआईले प्रतियोगिता दुई महिनासम्म सञ्चालन गर्ने योजनामा सरोकारवालासँग छलफल पनि सुरु गरिसकेको छ ।

आठ टोलीले सहभागिता जनाउँदै आएकोमा आगामी संस्करणदेखि गुजरातको अहमदाबाद तथा उत्तर प्रदेशको लखनउबाट एक/एक टिम थप्ने निर्णय भइसकेको छ ।

बिसिसिआईको प्रारम्भिक योजनाअनुसार प्रतियोगिताको फाइनल जुनको पहिलो सप्ताहन्तमा हुनेछ । प्रतियोगिताको समूह चरणमा सबै टिमले सात होम र सात अवे गरी कुल १४ खेल खेल्नेछन् ।

चेन्नई सुपर किंग्स प्रतियोगिताको साविक विजेता भएकाले चेपाउक उद्घाटन खेलको लागि अनिवार्य रोजाई बन्ने भएको छ । तर चेपाउकमा खेल गर्ने पक्काजस्तै भए पनि उद्घाटन खेलमा चेन्नईले कोसँग खेल्ने भन्ने विषयमा औपचारिक निर्णय भएको छैन । यद्धपि मुम्बई इन्डियन्स र चेन्नईबीचको खेलसँगै नयाँ सिजनको आइपिएल सुरु हुने सम्भावना बलियो छ ।

बिसिसिआईका सचिव जय शाहले हालै चेन्नईमा सिएसकेको चौथो आइपिएल जितको खुसी मनाउन राखिएको कार्यक्रममा बोल्दै आइपिएल पूर्ण रुपमा भारतमा फर्किने घोषणा गरेका थिए ।

‘तपाईहरु सबै जना सिएसकेले चेपाउकमा खेलेको हेर्न चाहनुहुन्छ भन्ने मलाई थाहा छ । अब त्यो दिन टाढा छैन । आइपिएलको १५औं संस्करणका सबै खेल भारतमा हुनेछन् । आगामी संस्करणमा थप दुई टिमको सहभागिता पनि हुनेछ । त्यसैले यो विगतभन्दा धेरै रोमाञ्चक हुने पक्का छ,’ उनले भनेका थिए ।

कोभिड १९ महामारीका कारण आइपिएलको २०२० सिजन पूरै तथा २०२१ को आधा सिजन संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना गरिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो