माघ १७, २०८२ शनिबार | २३:१५:३३
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

आइपिएलको नयाँ सिजन अप्रिलबाट, १० टोलीको सहभागिता हुने

नयाँ दिल्ली । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले इन्डियन प्रिमियर लिग (आइपिएल)को आगामी संस्करण २०२२ को अप्रिल दुईमा सुरु गर्ने योजना बनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

विश्व क्रिकेटको सबभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताको खेलतालिका टुंगो नलागे पनि बिसिसिआईले मुख्य सरोकारवालालाई अप्रिल दुईबाट चेन्नईमा प्रतियोगिता सुरु गर्ने योजना जानकारी गराएको क्रिकबजले जनाएको छ ।

आठ टोलीको सहभागितामा ६० खेल हुने गरेको ट्वान्टी २० प्रतियोगितामा आगामी १५औं संस्करणदेखि १० टोलीले ७४ खेलको प्रतिस्पर्धामा सहभागिता जनाउने पक्का भइसकेको छ । बिसिसिआईले प्रतियोगिता दुई महिनासम्म सञ्चालन गर्ने योजनामा सरोकारवालासँग छलफल पनि सुरु गरिसकेको छ ।

आठ टोलीले सहभागिता जनाउँदै आएकोमा आगामी संस्करणदेखि गुजरातको अहमदाबाद तथा उत्तर प्रदेशको लखनउबाट एक/एक टिम थप्ने निर्णय भइसकेको छ ।

बिसिसिआईको प्रारम्भिक योजनाअनुसार प्रतियोगिताको फाइनल जुनको पहिलो सप्ताहन्तमा हुनेछ । प्रतियोगिताको समूह चरणमा सबै टिमले सात होम र सात अवे गरी कुल १४ खेल खेल्नेछन् ।

चेन्नई सुपर किंग्स प्रतियोगिताको साविक विजेता भएकाले चेपाउक उद्घाटन खेलको लागि अनिवार्य रोजाई बन्ने भएको छ । तर चेपाउकमा खेल गर्ने पक्काजस्तै भए पनि उद्घाटन खेलमा चेन्नईले कोसँग खेल्ने भन्ने विषयमा औपचारिक निर्णय भएको छैन । यद्धपि मुम्बई इन्डियन्स र चेन्नईबीचको खेलसँगै नयाँ सिजनको आइपिएल सुरु हुने सम्भावना बलियो छ ।

बिसिसिआईका सचिव जय शाहले हालै चेन्नईमा सिएसकेको चौथो आइपिएल जितको खुसी मनाउन राखिएको कार्यक्रममा बोल्दै आइपिएल पूर्ण रुपमा भारतमा फर्किने घोषणा गरेका थिए ।

‘तपाईहरु सबै जना सिएसकेले चेपाउकमा खेलेको हेर्न चाहनुहुन्छ भन्ने मलाई थाहा छ । अब त्यो दिन टाढा छैन । आइपिएलको १५औं संस्करणका सबै खेल भारतमा हुनेछन् । आगामी संस्करणमा थप दुई टिमको सहभागिता पनि हुनेछ । त्यसैले यो विगतभन्दा धेरै रोमाञ्चक हुने पक्का छ,’ उनले भनेका थिए ।

कोभिड १९ महामारीका कारण आइपिएलको २०२० सिजन पूरै तथा २०२१ को आधा सिजन संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना गरिएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।