चैत्र ७, २०८२ शनिबार | २१:०५:१३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

कोशीको लगातार पाँचौं हार

काठमाडौं । वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार पाँचौं हार ब्यहोरेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार कोशी गण्डकी प्रदेशसँग चार विकेटले पराजित भयो ।

जितसँगै ६ खेलमा चार अंक जोडेको गण्डकी छैटौं स्थानमा छ । पाँचै खेलमा पराजित कोशी अंकविहिन हुँदै पुछारमा छ ।

कोशीले प्रस्तुत गरेको १५६ रनको लक्ष्य गण्डकीले एक बल बाँकी छँदा ६ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीका लागि दीनेश बुढामगरले ३३, इश्वर क्षेत्रीले २५, अर्जुन कुमालले २४, अर्जुन रायमाझीले अविजित २३, कप्तान विपिन खत्रीले अविजित १८,  दीपक डुम्रेले १८ र अमृत गुरुङले १२ रन बनाए ।

पहिलो विकेटका लागि इश्वर र अर्जुनले ५० रनको साझेदारी गरे । कोशीका लागि प्रकाश कार्कीले दुई तथा श्रवण यादव, दीपेश कँडेल, ज्ञानेन्द्र श्रेष्ठ र श्रवण किस्कुले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले  निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५५ रनको योगफल तयार पार्यो । कोशीका लागि सोनु अन्सारीले ४४, मिनाश थापाले ४३, कप्तान अंकित सुवेदीले ३२, श्रवण यादवले अविजित २१ र दीपेश कँडेलले १० रन बनाए ।

पहिलो विकेटका लागि सोनु र मिनाशले ७० रनको साझेदारी गरे । गण्डकीका लागि सुवास भण्डारीले तीन तथा विपिन खत्री र अमृत गुरुङले समान एक विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो