चैत्र १४, २०८२ शनिबार | ०६:४४:११
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

स्टोइनिस चम्किँदा लखनउले चेन्नईलाई हरायो

काठमाडौं । मार्कस स्टोइनिसको आक्रामक सतकप्रेरित लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको छ । खेलमा लखनउका स्टोइनिससँगै चेन्नईका कप्तान ऋतिराज गैकवाडले सतक बनाएका हुन् ।

समान आठ खेलपछि लखनउ १० अंकसहित चौथो स्थानमा छ । चेन्नई आठ अंकसहित पाँचौं स्थानमा रह्यो । समान आठ खेलबाट १४ अंक जोडेको राजस्थान शीर्ष स्थानमा छ ।

आइपिएलको ३९औं खेलमा सुरुआती ब्याटिङ गरेको चेन्नईले गैकवाडको सतकमद्धतमा चार विकेट गुमाएर दुई सय ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा लखनउले १९.३ ओभरमा चार विकेट गुमाउँदै दुई सय १३ रन बनाएको हो ।

लक्ष्य पछ्याएको लखनउको लागि स्टोइनिसले ६३ बलमा १३ चौका र ६ छक्काको वर्षा गर्दै एक सय २४ रन बनाएका हुन् । जारी आइपिएलमा बनेको यो ब्यक्तिगत सर्वाधिक रन हो । स्टोइनिसको आइपिएलमा पहिलो सतक पनि हो । 

निकोलस पूरनले ३४, दीपक हूडाले १७, दुभदुत्त पादिकाल र कप्तान केएल राहुलले १६ रनको साझेदारी गरेका हुन् । स्टोइसिले पूरनसँगै ७० रन, हूडा र पादिकालसँग समान ५५ रनको साझेदारी गरेका हुन् ।

यसअघि चेन्नईमा टस हारेर घरेलु टोलीले पहिले ब्याटिङ गर्ने भएको थियो । गैकवाडले ६० बलमा १२ चौका र तीन छक्कासहित १०८ रन बनाएका हुन् । 

शिभम दुवेले २७ बलमा तीन चौका र सात छक्कासहित ६६ रन बनाएका हुन् । रविन्द्र जडेजाले १६ रन तथा एक बल खेलेका महेन्द्रसिंह धोनीले चार रन जोडेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो