चैत्र १८, २०८२ बुधबार | ०८:०३:३०
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

बागमतीको लगातार चौथो जित

काठमाडौं । वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध सात विकेटको सहज जित निकालेको छ ।

लगातार चौथो जितसँगै बागमती पाँच खेलमा आठ अंकका साथ शीर्ष स्थानमा छ । पराजित कर्णाली समान खेलबाट ६ अंकका साथ तेस्रो स्थानमा छ ।

मुलपानी क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १२१ रनको सहज लक्ष्य बागमतीले १४.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । बागमतीका लागि कप्तान रित गौतमले सर्वाधिक ३३, इशान पाण्डेले अविजित २८, शुभ कंसाकारले २८ र आशुतोष धिरैयाले २० रन बनाए।

कर्णालीका लागि अनुज चनारा, दीनेश अधिकारी र युनिस ठकुरीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले १९.४ ओभरमा सवै विकेट गुमाउँदै १२० रनको योगफल तयार पार्यो। कर्णालीका लागि विपिन शाहीले ४१ बलमा समान तीन चौका र छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे ।  यसैगरी गरी  प्रकाश जैसीले २३, मनिष थापाले १६ र हिमान्शु शाहीले १५ रन बनाए ।

बागमतीका लागी गौतम केशीले ३.४ ओभरमा १८ रन खर्चिएर पाँच विकेट लिए। यसैगरी सोनु देवकोटा र रिजन ढकालको नाममा समान दुई विकेट रह्यो।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो