चैत्र १८, २०८२ बुधबार | १०:५२:४८
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

चेन्नईलाई लखनउको चुनाैती

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १७औं संस्करणमा मंगलबार चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्ट भिड्दैछन् । खेल चेन्नईको घरेलु मैदान एमए चिदमबर क्रिकेट रंगशालामा नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

जारी आइपिएलमा दुवै टोली आफ्नो आठौं खेल खेल्दैछन् । चेन्नई सुपर किंग्स सात खेलमा चार जित र तीन हारसहित आठ अंक जोडेर चौथो स्थानमा छ । त्यसैगरी लखनउ सुपर जाइन्ट पनि उही नतिजाका साथ आठ अंक जोडेर पाँचौं स्थानमा छ ।  

चेन्नई रुतुराज गायकवाड तथा लखनउ केएल राहुलको कप्तानीमा मैदान उत्रिने छन् । चेन्नईलाई रविन्द्र जडेजा, महेन्द्रसिंह धोनी, मस्ताफिजुर रहमान, मथिसा पाथिराना जस्ता खेलाडीको साथ रहनेछ । यसैगरी लखनउ देवदत्त पडिकल, रवि विस्नोई, निकोलस पुरन, नविन उल हक जस्ता खेलाडीका साथ मैदान उत्रिने छ ।

आइपिएलमा हालसम्म यी दुईबीच चार खेल भएका छन् । जसमा लखनउले दुई र चेन्नईले एक खेल आफ्नो पारेका छन् । एक खेल विना नतिजा टुंगिएको छ ।

यो संस्करणको पहिलो भेटमा लखनउले आठ विकेटको सहज जित निकालेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो