चैत्र १४, २०८२ शनिबार | ०८:२१:१२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

लुम्बिनीलाई हराउँदै बागमती शीर्ष स्थानमा

काठमाडौं । वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार बागमती प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध २५ रनको जित निकालेको छ ।

जितसँगै चार खेलमा तीन जित र एक हारसहित ६ अंक जोडेको बागमती शीर्ष स्थानमा उक्लिएको छ । पराजित लुम्बिनी पाँच खेलमा तीन जित र दुई हारको नतिजा निकाल्दै ६ अंकका साथ दोस्रो स्थानमा छ ।

मुलपानी क्रिकेट मैदानमा बागमतीले प्रस्तुत गरेको १६३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर नै ब्याटिङ गरे पनि नौ विकेट गुमाउँदै १३७ रन बनायो ।

लुम्बिनीका लागि कृष्ण कार्कीले अविजित ३८, सुनिल भण्डारीले ३४, आकाश त्रिपाठी र नर सार्कीले समान १४, मर्नाल गुरुङले १२ तथा मोहम्मद हुसेनले ११ रन बनाए ।

बागमतीका लागि रिजन ढकालले तीन तथा रामनरेश गिरी, गौतम केसी, सुवास खत्री, इशान पाण्डे र शुभ कंसाकारले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १६२ रनको योगफल तयार पार्यो ।

बागमतीका लागि कप्तान रित गौतमले ४३ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ५६ रनको योगदान गरे । यसैगरी रामनरेश गिरीले अविजित २८, शुभ कंसाकारले १९, रविन जोशीले १३, अशोक पौडेलले ११ र आशुतोष घिरैयाले १० रन बनाए ।

लुम्बिनीका लागि नर सार्कीले चार, कप्तान देव खनालले दुई र अभिषेक गौतमले एक विकेट लिए ।

सोमबार नै सम्पन्न अर्को खेलमा कर्णालीले गण्डकीविरुद्ध पाँच रनको रोमाञ्चक जित निकाल्यो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो