माघ १७, २०८२ शनिबार | २३:२५:५८
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

कर्णालीको तेस्रो जित

काठमाडौं । वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार कर्णाली प्रदेशले गण्डकीविरुद्ध पाँच रनको रोमाञ्चक जित निकालेको छ ।

तेस्रो जितसँगै चार खेलमा ६ अंक जोडेको कर्णाली दोस्रो स्थानमा उक्लिएको छ । पराजित गण्डकी पाँच खेलमा दुई अंकका साथ छैटौं स्थानमा छ ।

मुलपानी क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पछ्याएको गण्डकीले २० ओभर नै ब्याटिङ गरे पनि चार विकेट गुमाउँदै १६३ रन बनाए ।

गण्डकीका लागि अर्जुन कुमालले ५५ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी रोशन गौतमले २३, सन्दीप क्षेत्रीले अविजित १९, कप्तान विपिन खत्रीले अविजित १७, दीपक डुम्रेले १४ र इश्वर क्षेत्रीले १२ रन बनाए ।

पहिलो विकेटका लागि अर्जुन र इश्वरले ५० रनको साझेदारी गरे । कर्णालीका लागि कप्तान दिवान पुन, प्रकाश जैसी र युनिस ठकुरीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १६८ रनको योगफल तयार पार्यो ।  

कर्णालीका लागि विपिन रावलले ४३ बलमा पाँच छक्का र चार चौकाको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । यसैगरी रविन्द्र शाहीले ३३, दीनेश अधिकारीले अविजित २९ र अर्जुन घर्तीले २८ रन बनाए ।

पहिलो विकेटका लागि विपिन र रविन्द्रले १०१ रनको साझेदारी गरे । गण्डकीका लागि चारै विकेट अमृत गुरुङले लिए । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।