चैत्र १८, २०८२ बुधबार | ०७:४५:४३
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

कर्णालीको तेस्रो जित

काठमाडौं । वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार कर्णाली प्रदेशले गण्डकीविरुद्ध पाँच रनको रोमाञ्चक जित निकालेको छ ।

तेस्रो जितसँगै चार खेलमा ६ अंक जोडेको कर्णाली दोस्रो स्थानमा उक्लिएको छ । पराजित गण्डकी पाँच खेलमा दुई अंकका साथ छैटौं स्थानमा छ ।

मुलपानी क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पछ्याएको गण्डकीले २० ओभर नै ब्याटिङ गरे पनि चार विकेट गुमाउँदै १६३ रन बनाए ।

गण्डकीका लागि अर्जुन कुमालले ५५ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी रोशन गौतमले २३, सन्दीप क्षेत्रीले अविजित १९, कप्तान विपिन खत्रीले अविजित १७, दीपक डुम्रेले १४ र इश्वर क्षेत्रीले १२ रन बनाए ।

पहिलो विकेटका लागि अर्जुन र इश्वरले ५० रनको साझेदारी गरे । कर्णालीका लागि कप्तान दिवान पुन, प्रकाश जैसी र युनिस ठकुरीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १६८ रनको योगफल तयार पार्यो ।  

कर्णालीका लागि विपिन रावलले ४३ बलमा पाँच छक्का र चार चौकाको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । यसैगरी रविन्द्र शाहीले ३३, दीनेश अधिकारीले अविजित २९ र अर्जुन घर्तीले २८ रन बनाए ।

पहिलो विकेटका लागि विपिन र रविन्द्रले १०१ रनको साझेदारी गरे । गण्डकीका लागि चारै विकेट अमृत गुरुङले लिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो