चैत्र १४, २०८२ शनिबार | १०:३५:५२
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

सहज जित निकाल्दै लुम्बिनी शीर्ष स्थानमा

काठमाडौं । वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार लुम्बिनी प्रदेशले कोशी प्रदेशविरुद्ध ५० रनको सहज जित निकालेको छ।

तेस्रो जितसँगै चार खेलमा ६ अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो पराजय ब्यहोरेको कोशी दुई खेलबाट अंकविहिन छ ।

मुलपानी क्रिकेट मैदानमा लुम्बिनीले प्रस्तुत गरेको १३९ रनको लक्ष्य पछ्याएको कोशी १९.४ ओभरमा ८८ रनमै समेटियो ।

कोशीका लागी समीर कार्कीले, २३, सौजन घिमिरेले १६ र कप्तान अंकित सुवेदीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

लुम्बिनीका लागि कप्तान देव खनाल, नर सार्की र अभिषेक गौतमले समान दुई तथा निर्मल गुरुङ र कृष्ण कार्कीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै  १३८ रनको योगफल तयार पार्यो ।

देव खनालले ४५, दिल्शाद अलीले १७, कृष्ण कार्कीले अविजित १६ तथा आकाश त्रिपाठी र सुनिल भण्डारीले समान १४ रन बनाए ।

कोशीका लागिदीपेश कँडेलले दुई तथा फिर्दोश अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, श्रवण यादव, सौजन घिमिरे र अंकित सुवेदीले समान एक विकेट लिए । 

यसैगरी शनिबार नै भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशमाथि नौ विकेटको सहज जित निकाल्यो । प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो जित हो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो