माघ १८, २०८२ आइतबार | १३:३१:५४
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

बागमतीको लगातार दोस्रो जित

काठमाडौं । वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार बागमती प्रदेशले कोशी प्रदेशविरुद्ध सात रनको रोमाञ्चक जित निकालेको छ ।

लगातार दोस्रो जितसँगै बागमतीले तीन खेलमा चार अंक जोडेको छ । कोशीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

यसअघि मधेश प्रदेशसँग ६ विकेटले पराजित बागमतीले गण्डकी प्रदेशलाई ६७ रने हराएको थियो ।

मुलपानी क्रिकेट मैदानमा बागमतीले प्रस्तुत गरेको १३९ रनको लक्ष्य पछ्याएको कोशी २० ओभरमा १३१ रनमा समेटियो । कोशीका लागि कप्तान अंकित सुवेदीले ३६, सुजन थपलियाले ३२, मिनाश थापाले ११ तथा फिर्दोश अन्सारी र दीपेश कँडेलले समान १० रन बनाए ।

पहिलो विकेटका लागि अंकित र मिनाशले ५३ रनको साझेदारी गरे । बागमतीका लागि रिजन ढकालले तीन, इशान पाण्डे र सुवास खत्रीले समान दुई तथा रामनरेश गिरी, गौतम केसी र शुभ कंसाकारले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३८ रनको योगफल तयार पार्यो ।

बागमतीका लागि इशान पाण्डेले ३१, सोनु देवकोटाले ३०, गौतम केसीले अविजित १३, रविन जोशीले १३, शुभ कंसाकारले १२, रामनरेश गिरीले ११ र आशुतोष घिरैयाले १० रन बनाए ।

कोशीका लागि श्रवण यादवले तीन, ज्ञानेन्द्र श्रेष्ठले दुई तथा फिर्दोश अन्सारी, सौजन घिमिरे र दीपेश कँडेलले समान एक विकेट लिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।