चैत्र ९, २०८२ सोमबार | १०:०२:३८
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

बागमतीको लगातार दोस्रो जित

काठमाडौं । वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार बागमती प्रदेशले कोशी प्रदेशविरुद्ध सात रनको रोमाञ्चक जित निकालेको छ ।

लगातार दोस्रो जितसँगै बागमतीले तीन खेलमा चार अंक जोडेको छ । कोशीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

यसअघि मधेश प्रदेशसँग ६ विकेटले पराजित बागमतीले गण्डकी प्रदेशलाई ६७ रने हराएको थियो ।

मुलपानी क्रिकेट मैदानमा बागमतीले प्रस्तुत गरेको १३९ रनको लक्ष्य पछ्याएको कोशी २० ओभरमा १३१ रनमा समेटियो । कोशीका लागि कप्तान अंकित सुवेदीले ३६, सुजन थपलियाले ३२, मिनाश थापाले ११ तथा फिर्दोश अन्सारी र दीपेश कँडेलले समान १० रन बनाए ।

पहिलो विकेटका लागि अंकित र मिनाशले ५३ रनको साझेदारी गरे । बागमतीका लागि रिजन ढकालले तीन, इशान पाण्डे र सुवास खत्रीले समान दुई तथा रामनरेश गिरी, गौतम केसी र शुभ कंसाकारले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३८ रनको योगफल तयार पार्यो ।

बागमतीका लागि इशान पाण्डेले ३१, सोनु देवकोटाले ३०, गौतम केसीले अविजित १३, रविन जोशीले १३, शुभ कंसाकारले १२, रामनरेश गिरीले ११ र आशुतोष घिरैयाले १० रन बनाए ।

कोशीका लागि श्रवण यादवले तीन, ज्ञानेन्द्र श्रेष्ठले दुई तथा फिर्दोश अन्सारी, सौजन घिमिरे र दीपेश कँडेलले समान एक विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो