चैत्र ९, २०८२ सोमबार | १०:३९:४६
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

लुम्बिनीको दोस्रो जित

काठमाडौं । वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा बिहीबार लुम्बिनीले कर्णाली प्रदेशलाई सात विकेटले हरायो ।

जितसँगै लुम्बिनीले तीन खेलमा चार अंक जोडेको छ । यसअघि गण्डकीलाई सात विकेटले पराजित गरेको लुम्बिनीले मधेशसँग २७ रनको हार ब्यहोरेको थियो ।

कर्णालीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । कर्णालीले प्रस्तुत गरेको ८२ रनको लक्ष्य लुम्बिनीले १२.२ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

लुम्बिनीका लागि कप्तान देव खेनालले २९ बलमा सात चौका र एक छक्काको मद्दतले अविजित ५१ रनको योगदान गरे । यसैगरी मृर्नाल गुरुङले १३ र विराट भण्डारीले अविजित १० रन बनाए ।

कर्णालीका लागि कप्तान दिवान पुनले दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले १६.४ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनको योगफल तयार पार्यो । कर्णालीका लागि अर्जुन घर्तीले २८, दिवान पुनले १२ र दीपेन्द्र रावलले ११ रन बनाए ।

लुम्बिनीका लागि देव खनाल अविशेक गौतम र वीर मगरले समान दुई तथा निर्मल गुरुङ, कृष्ण कार्की र नर सार्कीले समान एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो