चैत्र १८, २०८२ बुधबार | ०९:५५:०९
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

मधेशको लगातार दोस्रो जित

काठमाडौं । वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा मधेश प्रदेशले लगातार दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार मधेशले लुम्बिनी प्रदेशलाई २७ रनले हरायो ।

जितसँगै मधेशले दुई खेलमा चार अंक जोडेको छ ।  पहिलो खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो । 

पहिलो पराजय ब्यहोरेको लुम्बिनीको सामा खेलबाट दुई अंक छ । पहिलो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई सात विकेटले हराएको थियो ।  

मधेशले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर नै ब्याटिङ गरे पनि  सात विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो ।  लुम्बिनी प्रदेशका लागि आकाश त्रिपाठीले ४३, कप्तान देव खनाले २३, विराट भण्डारीले अविजित १८,कृष्ण कार्कीले १७ र मृनाल गुरुङले १० रन बनाए ।

मधेश प्रदेशका लागि प्रदीप पासवानले दुई विकेट तथा रंजितकुमार र रुपेश सिंहले समान एक विकेट लिए ।

त्यसअघि  टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १७४ रनको योगफल तयार पार्यो ।मधेशका लागि अर्निको यादवले २२ बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे ।  

यसैगरी मायन यादवले  ४२ बलमा पाँच चौका र  एक छक्काको मद्दतले ५०,  साहिल पटेलले २४र  विशाल शुसलिङले १८ रन बनाए ।

लुम्बिनीका लागि निर्मल गुरुङले तीन, कृष्ण कार्की र अभिषेक गौतमले समान दुई तथा नर सार्कीले एक विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो