माघ १९, २०८२ सोमबार | ०२:५०:१८
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

मधेशको लगातार दोस्रो जित

काठमाडौं । वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा मधेश प्रदेशले लगातार दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार मधेशले लुम्बिनी प्रदेशलाई २७ रनले हरायो ।

जितसँगै मधेशले दुई खेलमा चार अंक जोडेको छ ।  पहिलो खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो । 

पहिलो पराजय ब्यहोरेको लुम्बिनीको सामा खेलबाट दुई अंक छ । पहिलो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई सात विकेटले हराएको थियो ।  

मधेशले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर नै ब्याटिङ गरे पनि  सात विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो ।  लुम्बिनी प्रदेशका लागि आकाश त्रिपाठीले ४३, कप्तान देव खनाले २३, विराट भण्डारीले अविजित १८,कृष्ण कार्कीले १७ र मृनाल गुरुङले १० रन बनाए ।

मधेश प्रदेशका लागि प्रदीप पासवानले दुई विकेट तथा रंजितकुमार र रुपेश सिंहले समान एक विकेट लिए ।

त्यसअघि  टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १७४ रनको योगफल तयार पार्यो ।मधेशका लागि अर्निको यादवले २२ बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे ।  

यसैगरी मायन यादवले  ४२ बलमा पाँच चौका र  एक छक्काको मद्दतले ५०,  साहिल पटेलले २४र  विशाल शुसलिङले १८ रन बनाए ।

लुम्बिनीका लागि निर्मल गुरुङले तीन, कृष्ण कार्की र अभिषेक गौतमले समान दुई तथा नर सार्कीले एक विकेट लिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।