चैत्र १८, २०८२ बुधबार | ११:२९:४६
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

लुम्बिनीले गण्डकीलाई हरायो

फाइल तस्विर

काठमाडौं । वीर गणेशमान सिंह राष्ट्रिय ट्वान्टी २० क्रिकेट प्रतियोगितमा लुम्बिनी प्रदेशले विजयी सुरआत गरेको छ । लुम्बिनीले मंगलबार गण्डकी प्रदेशलाई सात विकेटले हरायो ।

मुलपानी क्रिकेट मैदानमा गण्डकीले प्रस्तुत गरेको १३६ रनको लक्ष्य लुम्बिनीले १७.२ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

लुम्बिनीका लागि सुनिल भण्डारीले ४६ बलमा नौ चौकाको मद्दतले अविजित ६० रन बनाए । यसैगरी आकाश त्रिपाठीले ४४ र कप्तान देव खेनालले १८ रन बनाए ।

तेस्रो विकेटका लागि सुनिल र आकाशले १०३ रनको साझेदारी गरे । गण्डकीका लागि कमल परियारले दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले  निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३५ रनको योगफल तयार पार्यो ।

गण्डकीका लागि अर्जुन कुमालले ३१, कप्तान विपिन खत्रीले अविजित २७, कमल परियारले अविजित १६, अमृत गुरुङले १३ तथा इश्वर क्षेत्री र किरण पंगेनीले समान १२ रन बनाए ।

पहिलो विकेटका लागि अर्जुन र इश्वरले ५० रनको साझेदारी गरे । लुम्बिनीका लागि नर सार्कीले चार, निर्मल गुरुङले दुई र अभिषेक गौतमले एक विकेट लिए ।

मंगलबार नै बागमती प्रदेशलाई ६ विकेटले पराजित गर्दै मधेश प्रदेशले विजयी सुरुआत गर्यो ।  



 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो