माघ १९, २०८२ सोमबार | ०२:३१:०९
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौं । लगातार तेस्रो जित निकाल्दै नेपाल एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ  ।  

वापीस्थित साई मेघपन स्पोर्टसलाइफ मैदानमा बुधबार सम्पन्न तेस्रो खेलमा नेपालले आयोजक गुजरात क्रिकेट संघमाथि आठ रनको रोमाञ्चक जित निकाल्यो ।

जितसँगै नेपालले तीन खेलमा ६ अंक जोडेको छ । पराजित गुजरातको समान खेलबाट दुई अंक छ ।

नेपालले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १७३ रन बनायो ।

गुजरातका लागि कप्तान उमंगकुमार तान्डेलले ४७, हर्ष देसाइले अविजित २९, अविशेक देसाइले २० र समित पटेलले १९ रन बनाए ।

नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले समान दुई तथा विवेक यादवले एक विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८१ रनको योगफल तयार पार्यो ।

नेपालका लागि आसिफ शेखले ५१ बलमा सर्वाधिक ८५ रनको योगदान गरे । यसैगरी कुशल भुर्तेलले ६७ रन बनाए ।

पहिलो विकेटका लागि आसिफ र कुशलले १२५ रनको साझेदारी गरे । गुजरातका लागि जयमित पटेलले तीन तथा ध्रुषान्त सोनी र आर्या देसाइले दुई विकेट लिए ।

यसअघि नेपालले गुजरातलाई आठ विकेट र बरोडा क्रिकेट संघलाई २७ रन हराएको थियो । गुजरातले दोस्रो खेलमा बरोडालाई पाँच विकेटले हराएको थियो ।

अब नेपालले शुक्रबार बरोडाको सामना गर्नेछ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।