चैत्र ९, २०८२ सोमबार | ०५:११:४९
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौं । लगातार तेस्रो जित निकाल्दै नेपाल एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ  ।  

वापीस्थित साई मेघपन स्पोर्टसलाइफ मैदानमा बुधबार सम्पन्न तेस्रो खेलमा नेपालले आयोजक गुजरात क्रिकेट संघमाथि आठ रनको रोमाञ्चक जित निकाल्यो ।

जितसँगै नेपालले तीन खेलमा ६ अंक जोडेको छ । पराजित गुजरातको समान खेलबाट दुई अंक छ ।

नेपालले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १७३ रन बनायो ।

गुजरातका लागि कप्तान उमंगकुमार तान्डेलले ४७, हर्ष देसाइले अविजित २९, अविशेक देसाइले २० र समित पटेलले १९ रन बनाए ।

नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले समान दुई तथा विवेक यादवले एक विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८१ रनको योगफल तयार पार्यो ।

नेपालका लागि आसिफ शेखले ५१ बलमा सर्वाधिक ८५ रनको योगदान गरे । यसैगरी कुशल भुर्तेलले ६७ रन बनाए ।

पहिलो विकेटका लागि आसिफ र कुशलले १२५ रनको साझेदारी गरे । गुजरातका लागि जयमित पटेलले तीन तथा ध्रुषान्त सोनी र आर्या देसाइले दुई विकेट लिए ।

यसअघि नेपालले गुजरातलाई आठ विकेट र बरोडा क्रिकेट संघलाई २७ रन हराएको थियो । गुजरातले दोस्रो खेलमा बरोडालाई पाँच विकेटले हराएको थियो ।

अब नेपालले शुक्रबार बरोडाको सामना गर्नेछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो