माघ १५, २०८२ बिहीबार | ११:४६:०१
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ पराजित

काठमाडौं । आयरल्यान्ड‘ए’ विरुद्धको एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित भएकाे छ ।

जितसँगै आयरल्यान्डले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल शुक्रबार हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार आयरल्यान्ड‘ए’ ले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ २५.३ ओभरमा १३६ रनमै समेटियो । नेपालका लागि साहब आलमले ३७, देव खनालले २६, बसिर अहमदले २० र रिजन ढकालले अविजित १२ रन बनाए । 

आयरल्यान्ड ‘ए’ का लागि  म्याथ्यु हम्फ्रेसले १० ओभरमा तीन मेडनसहित ३२ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी लियम म्याकार्थीको नाममा चार विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ ले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योफत तयार पार्यो ।

आयरल्यान्डका लागि काडे कारमाइकलले ७७ बलमा चार चौकाकाको मद्दतले सर्वाधिक ५१ रन बनाए । यसैगरी कप्तान निल रकले ३९, पिटर मोरले २१ र जेम्स म्याकोलुम र स्टेफन डोहिनीले समान १२ रन बनाए ।

नेपालका ‘ए’ का लागि कमलसिंह ऐरीले ६.३ ओभरमा एक मेडनसहित २१ रन खर्चिएर चार विकेट लिए । कमलले ३९औं ओभरमा ह्याट्रिक पूरा गरेका थिए ।

कमलले ओभरको पहिलो बलमा लियम म्याकार्थीलाई साहब आलमबाट दुई रनमा क्याच गराए । उनले दोस्रो बलमा म्याथ्यु हम्फ्रेस र तेस्रो बलमा बेन ह्वाइटलाई बोल्ड गरे ।

यसैगरी साहब आलम र श्याम ढकाल ( मौसम)ले समान दुई तथा रिजन ढकालले एक विकेट लिए ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।