चैत्र १३, २०८२ शुक्रबार | ०२:४५:५४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ पराजित

काठमाडौं । आयरल्यान्ड‘ए’ विरुद्धको एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित भएकाे छ ।

जितसँगै आयरल्यान्डले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल शुक्रबार हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार आयरल्यान्ड‘ए’ ले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ २५.३ ओभरमा १३६ रनमै समेटियो । नेपालका लागि साहब आलमले ३७, देव खनालले २६, बसिर अहमदले २० र रिजन ढकालले अविजित १२ रन बनाए । 

आयरल्यान्ड ‘ए’ का लागि  म्याथ्यु हम्फ्रेसले १० ओभरमा तीन मेडनसहित ३२ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी लियम म्याकार्थीको नाममा चार विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ ले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योफत तयार पार्यो ।

आयरल्यान्डका लागि काडे कारमाइकलले ७७ बलमा चार चौकाकाको मद्दतले सर्वाधिक ५१ रन बनाए । यसैगरी कप्तान निल रकले ३९, पिटर मोरले २१ र जेम्स म्याकोलुम र स्टेफन डोहिनीले समान १२ रन बनाए ।

नेपालका ‘ए’ का लागि कमलसिंह ऐरीले ६.३ ओभरमा एक मेडनसहित २१ रन खर्चिएर चार विकेट लिए । कमलले ३९औं ओभरमा ह्याट्रिक पूरा गरेका थिए ।

कमलले ओभरको पहिलो बलमा लियम म्याकार्थीलाई साहब आलमबाट दुई रनमा क्याच गराए । उनले दोस्रो बलमा म्याथ्यु हम्फ्रेस र तेस्रो बलमा बेन ह्वाइटलाई बोल्ड गरे ।

यसैगरी साहब आलम र श्याम ढकाल ( मौसम)ले समान दुई तथा रिजन ढकालले एक विकेट लिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो