चैत्र १८, २०८२ बुधबार | ०८:०३:३०
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

पर्याप्त बजेट विनियोजन नभएसम्म मुलपानी मैदान निर्माणले गति लिँदैनः सदस्यसचिव घिसिङ

फाइल फोटो

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पर्याप्त बजेट विनियोजन नभएसम्म मुलपानी मैदान निर्माणले गति नलिने बताएका छन् । 

मंगलबार कमलादीस्थित होटल रोयल सिंहीमा सम्पन्न सुझाव संकलन कार्यक्रममा सदस्यसचिव घिसिङले मुलपानीका विषयमा उठेको प्रश्नमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

 ‘यस वर्ष पनि मोटो बजेट विनियोजन नभए मुलपानी मैदान बन्न गाह्रो हुनेछ । सरकारले मुलपानी मैदानका लागि भनेर बजेट दिँदै आए पनि पर्याप्त नभएका कारण आज सम्म पनि हामीले परिणाम देख्न सकेका छैनौं, ’ सदस्यसचिव घिसिङले भने, ‘आगामी २०८०/८१ आर्थिक वर्षमा खेलकुदका लागि छुट्याइने बजेटमा हामीले गम्भिरतापूर्वक यो विषयमा ध्यानाकार्षण पुर्याउनेछौं ।’

खेलकुदमा योजना र बजेट कस्तो ? भन्ने विषयलाई लिएर राखेपले सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो । बजेट निर्माणको पूर्वसन्ध्यामा भएको कार्यक्रममा सदस्यसचिव घिसिङले सुझावहरु संकलन गरेका थिए ।

कार्यक्रममा १०औं राष्ट्रिय खेलकुद, भौतिक पूर्वाधार, पुननिर्माण, प्रक्रियागत त्रुटी, प्रशासनिक झमेला, बजेट विकेन्द्रिकरण, खेलाडी पलायन, बन्द प्रशिक्षणमा रहेका खेलाडी र उनीहरुले लगाउने पोशाक, रंगशाला सम्रक्षणमा उपझोक्ताको महत्व, प्रदेशहरुको अपनत्व लगायतका विषय उठान भएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो