काठमाडाैं । इन्डियन प्रिमियर लिग (आइपिएल)को १७औँ संस्करणमा मंगलबार एक अर्काको सामना गर्दा रोयल च्यालेन्जर्स बेङ्लोर र लखनउ सुपर जाइन्ट्स दोस्रो जितको खोजीमा हुनेछन् ।
खेल बेङ्लोरस्थित एम चिन्नास्वामी क्रिकेट रंगशालामा नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।
फाफ डु प्लेसिसको कप्तानीमा रहेको बेङ्लोर तीन खेलमा एक जित र दुई हारसहित दुई अंक जोडेर नवौं स्थानमा छ । बेङ्लोर विराट कोहली, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रिन जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।
केएल राहुलको कप्तानीमा रहेको लखनउ दुई खेलमा एक जित र एक हारको नतिजासहति दुई अंकका साथ छैटौं स्थानमा छ । लखनउलाई क्विनटन डी कक, निकोलस पुरन, मायन्क यादव जस्ता खेलाडीले साथ दिनेछन् ।
आइपिएलमा यी दुईबीच चार खेल हुँदा बेङ्लोरले तीन र लखनउले एक जित निकालेका छन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
