माघ १८, २०८२ आइतबार | १५:२५:४६
काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

बंगलादेशलाई एकदिवसीय शृंखला

काठमाडौं । श्रीलंकाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली बंगलादेश चार विकेटले विजयी भएको छ ।

यो जितसँगै बंगलादेशले तीन खेलको शृंखला २-१ ले आफ्नो पक्षमा पार्यो। यसअघि बंगलादेश ६ तथा श्रीलंका तीन विकेटले विजयी भएका थिए ।

जाहुर अहमद चौधरी रंगशालामा सोमबार श्रीलंकाले प्रस्तुत गरेको २३६ रनको लक्ष्य बंगलादेशले ४०.२ ओरभमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

बंगलादेशका लागि तान्जिद हसनले ८१ बलमा नौ चौका र चार छक्काको मद्दतले सर्वाधिक ८४ रनको योगदान दिए । यसैगरी राशिद हुसेनले अविजित ४८, मुस्फिकुर रहिमले अविजित ३७, मेहदी हसन मिराजले २५, तोविद हृदयले २२ र अन्मुल हकले १२ रन जोडे ।

सातौं विकेटका लागि हुसेन र रहिमले अविजित ५९ तथा पहिलो विकेटका लागि हसन र हकले ५० रनको साझेदारी गरे । श्रीलंकाका लागि लाहिरु कुमाराले चार तथा वानिन्दु हसरंगाले दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निधाृरित ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रनको योगफल तयार पार्यो ।

श्रीलंकाका लागि जानिथा लियान्गेले १०२ बलमा ११ चौका र दुई छक्काको मद्दतले अविजित १०१ रनको योगदान गरे । यसैगरी चरिथ अस्लंकाले ३७, कप्तान कुशल मेन्डिसले १९, महेश तिक्क्षणाले १५, सदिरा समराविक्रमाले १४ र  वानिन्दु हसरंगाले ११ रन बनाए ।

नवौं विकेटक लागि लियान्गे र तिक्क्षणाले ६० रनको साझेदारी गरे । बंगलादेशका लागि तस्किन अहमदले तीन, मुस्ताफिजुर रहमान र मेहदी हसन मिराजले समान दुई तथा सौम्य सरकार र राशिद हुसेनले समान एक विकेट लिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।