चैत्र १४, २०८२ शनिबार | १४:४३:१२
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

बंगलादेशलाई एकदिवसीय शृंखला

काठमाडौं । श्रीलंकाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली बंगलादेश चार विकेटले विजयी भएको छ ।

यो जितसँगै बंगलादेशले तीन खेलको शृंखला २-१ ले आफ्नो पक्षमा पार्यो। यसअघि बंगलादेश ६ तथा श्रीलंका तीन विकेटले विजयी भएका थिए ।

जाहुर अहमद चौधरी रंगशालामा सोमबार श्रीलंकाले प्रस्तुत गरेको २३६ रनको लक्ष्य बंगलादेशले ४०.२ ओरभमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

बंगलादेशका लागि तान्जिद हसनले ८१ बलमा नौ चौका र चार छक्काको मद्दतले सर्वाधिक ८४ रनको योगदान दिए । यसैगरी राशिद हुसेनले अविजित ४८, मुस्फिकुर रहिमले अविजित ३७, मेहदी हसन मिराजले २५, तोविद हृदयले २२ र अन्मुल हकले १२ रन जोडे ।

सातौं विकेटका लागि हुसेन र रहिमले अविजित ५९ तथा पहिलो विकेटका लागि हसन र हकले ५० रनको साझेदारी गरे । श्रीलंकाका लागि लाहिरु कुमाराले चार तथा वानिन्दु हसरंगाले दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निधाृरित ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रनको योगफल तयार पार्यो ।

श्रीलंकाका लागि जानिथा लियान्गेले १०२ बलमा ११ चौका र दुई छक्काको मद्दतले अविजित १०१ रनको योगदान गरे । यसैगरी चरिथ अस्लंकाले ३७, कप्तान कुशल मेन्डिसले १९, महेश तिक्क्षणाले १५, सदिरा समराविक्रमाले १४ र  वानिन्दु हसरंगाले ११ रन बनाए ।

नवौं विकेटक लागि लियान्गे र तिक्क्षणाले ६० रनको साझेदारी गरे । बंगलादेशका लागि तस्किन अहमदले तीन, मुस्ताफिजुर रहमान र मेहदी हसन मिराजले समान दुई तथा सौम्य सरकार र राशिद हुसेनले समान एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो