चैत्र १८, २०८२ बुधबार | १०:४६:०४
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

कोशी प्रदेश ट्रफीः पुलिस र आर्मी विजयी

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामजारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय ट्वान्टी २० क्रिकेट प्रतियोगितामा बधुबार दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा दिनको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई आठ विकेटले पराजित गर्दै सेमिफाइनल पुग्ने आशा जिवितै राखेको छ । सेमिफाइनलमा प्रवेश गर्न पुलिसले बिहीबार बागमतीविरुद्ध फराकिलो जित निकाल्नु पर्ने हुन्छ ।

जितसँगै तीन खेलमा चार अंकका साथ पुलिस समूह ‘बी’ को तेस्रो स्थानमा उक्लिएको छ । पराजित लुम्बिनी चार खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

लुम्बिनीले प्रस्तुत गरेको १ ५१ रनको लक्ष्य पुलिसले १६.५ ओभरमा दुइृ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसका लागि रोहन विकले ५० बलमा सात चौका र चार छक्काको मद्दतले अविजित ८० रनको योगदान गरे । यसैगरी अमृत श्रेष्ठले ४९ रन जोडे ।

लुम्बिनीका लागि देव खनालले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रनको योगफल तयार पार्यो ।

लुम्बिनीका लागि मृनल गुरुङले ३८ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी कप्तान देव खनालले ४५, आकाश त्रिपाठीले ३४ र प्रज्वल थापाले अविजित ११ रन बनाए ।

पुलिसका कप्तान मञ्जित श्रेष्ठ र अविशेक कार्कीले समान दुई तथा ललित भण्डारीले एक विकेट लिए । 

दोस्रो खेलमा आर्मीले अर्को विभागिय टोली एपिएफलाई चार विकेटले हरायो । लगातार चौथो जितसँगै चार खेलमा आठ अंक जोडेको आर्मी समूह ‘ए’ को शीर्ष स्थानमा छ । दोस्रो पराजयसँगै तीन खेलमा दुई अंकका साथ पुछारमा रहेको एपिएएफ प्रतियोगिताबाट बाहिरिएको छ ।

एपिएफले प्रस्तुत गरेको १४० रनको लक्ष्य आर्मीले १८.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि बसिर अहमद ३९ बलमा तीन चौका र दुई छक्काको मद्दतले ४६ रनमा अविजित रहे । यसैगरी सन्दिप रजालीले २६, रमेश भट्टले २२ र तृतराज दासले १६ रन बनाए ।

एपिएफका भुवन कार्की र यज्ञमान कुमालले समान दुई तथा इर्सद अहमदले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाइको एपिएफले निर्धारित १९.२ ओभरमा सवै विकेट गुमाई १३९ रनको योगफल तयार पार्यो । एपिएफका लागि सुमित महर्जनले ३३, कप्तान भुवन कार्कीले २५ , पूरन विकले २३, अर्जुन ऐरीले १७ र हिमान्शु दत्तले ११ रनको योगदान दिए । 

आर्मीका लागि सुमित श्रेष्ठले तीन, तृतराज दासले दुई तथा साहब आलम र केशर अली अन्सारीले समान एक विकेट लिए ।

बिहीबार मधेश र एपिएफ तथा बागमती र पुलिस भिड्ने छन् । 
 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो