माघ १९, २०८२ सोमबार | ०४:५६:०३
अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

कोशी प्रदेश ट्रफीः पुलिस र आर्मी विजयी

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामजारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय ट्वान्टी २० क्रिकेट प्रतियोगितामा बधुबार दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा दिनको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई आठ विकेटले पराजित गर्दै सेमिफाइनल पुग्ने आशा जिवितै राखेको छ । सेमिफाइनलमा प्रवेश गर्न पुलिसले बिहीबार बागमतीविरुद्ध फराकिलो जित निकाल्नु पर्ने हुन्छ ।

जितसँगै तीन खेलमा चार अंकका साथ पुलिस समूह ‘बी’ को तेस्रो स्थानमा उक्लिएको छ । पराजित लुम्बिनी चार खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

लुम्बिनीले प्रस्तुत गरेको १ ५१ रनको लक्ष्य पुलिसले १६.५ ओभरमा दुइृ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसका लागि रोहन विकले ५० बलमा सात चौका र चार छक्काको मद्दतले अविजित ८० रनको योगदान गरे । यसैगरी अमृत श्रेष्ठले ४९ रन जोडे ।

लुम्बिनीका लागि देव खनालले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रनको योगफल तयार पार्यो ।

लुम्बिनीका लागि मृनल गुरुङले ३८ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी कप्तान देव खनालले ४५, आकाश त्रिपाठीले ३४ र प्रज्वल थापाले अविजित ११ रन बनाए ।

पुलिसका कप्तान मञ्जित श्रेष्ठ र अविशेक कार्कीले समान दुई तथा ललित भण्डारीले एक विकेट लिए । 

दोस्रो खेलमा आर्मीले अर्को विभागिय टोली एपिएफलाई चार विकेटले हरायो । लगातार चौथो जितसँगै चार खेलमा आठ अंक जोडेको आर्मी समूह ‘ए’ को शीर्ष स्थानमा छ । दोस्रो पराजयसँगै तीन खेलमा दुई अंकका साथ पुछारमा रहेको एपिएएफ प्रतियोगिताबाट बाहिरिएको छ ।

एपिएफले प्रस्तुत गरेको १४० रनको लक्ष्य आर्मीले १८.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि बसिर अहमद ३९ बलमा तीन चौका र दुई छक्काको मद्दतले ४६ रनमा अविजित रहे । यसैगरी सन्दिप रजालीले २६, रमेश भट्टले २२ र तृतराज दासले १६ रन बनाए ।

एपिएफका भुवन कार्की र यज्ञमान कुमालले समान दुई तथा इर्सद अहमदले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाइको एपिएफले निर्धारित १९.२ ओभरमा सवै विकेट गुमाई १३९ रनको योगफल तयार पार्यो । एपिएफका लागि सुमित महर्जनले ३३, कप्तान भुवन कार्कीले २५ , पूरन विकले २३, अर्जुन ऐरीले १७ र हिमान्शु दत्तले ११ रनको योगदान दिए । 

आर्मीका लागि सुमित श्रेष्ठले तीन, तृतराज दासले दुई तथा साहब आलम र केशर अली अन्सारीले समान एक विकेट लिए ।

बिहीबार मधेश र एपिएफ तथा बागमती र पुलिस भिड्ने छन् । 
 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।