चैत्र १४, २०८२ शनिबार | ०७:१९:१७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

जिल्लास्तरीय क्रिकेटः पाँचपोखरी च्याम्पियन

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब साविक विजेता ह्याल्मो-११ लाई १३ रनले पराजित गर्दै पाँचपोखरी जिल्लास्तरीय ट्वान्टी २० क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ ।

मुलपानी क्रिकेट मैदान (तल्लो) मा शनिबार सम्पन्न फाइनलमा पाँचपोखरीले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याएको ह्याल्मोले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाएर १५१ रन मात्र जोड्न सक्यो ।

ह्याल्मोका लागि नामगिल शेर्पाले ४६, विवेक तामाङले २२, दावा सोनाम शेर्पाले २० र लाक्पा सोनाम शेर्पाले अविजित १५ रन बनाए। पाँच पोखरीका लागि भुवन खड्काले तीन, विवेक रानामगर र विजयकुमार धितालले समान दुई तथा कप्तान सार्थक धिलालले एक विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङ गरेको पाँचपोखरीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १६४ रनको योगफल तयार पारेको थियो । पाँचपोखरीका लागि सार्थक धितालले ५२ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे ।

सार्थक धिताल

यसैगरी विवेक रानामगरले ३७, आर्यन धितालले २४, लाक्पा छिरिङले १७ र विजयीकुमार धिलालले अविजित १२ बनाए । ह्याल्मोका लाक्पा शेर्पाले एक विकेट लिँदा तीन खेलाडी रनआउट भएका थिए ।

विजेता पाँचपोखरीले १ लाख रुपैयाँ तथा उपविजेता ह्याल्मो-११ ले ५० हजार रुपैयाँ प्राप्त गरे । 

प्रतियोगितामा पाँचपोखरीका सार्थक धिताल सर्वोत्कृष्ट खेलाडी हुँदा विजयकुमार धिताल उत्कृष्ट बलर चुनिए । ह्याल्मो-११ का विनोद तामाङ उत्कृष्ट ब्याटर तथा पाँचपोखरी हिमालयन क्रिकेट क्लबका पासाङ दोर्जे तामाङ उदियमान खेलाडी घोषित भए ।

पाँचपोखरी थाङ्गपाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनमा भएको प्रतियोगितामा सिन्धुपाल्चोकका आठ क्लबले सहभागिता जनाएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो