माघ १७, २०८२ शनिबार | ०४:५६:२१
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

जिल्लास्तरीय क्रिकेटः पाँचपोखरी च्याम्पियन

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब साविक विजेता ह्याल्मो-११ लाई १३ रनले पराजित गर्दै पाँचपोखरी जिल्लास्तरीय ट्वान्टी २० क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ ।

मुलपानी क्रिकेट मैदान (तल्लो) मा शनिबार सम्पन्न फाइनलमा पाँचपोखरीले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याएको ह्याल्मोले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाएर १५१ रन मात्र जोड्न सक्यो ।

ह्याल्मोका लागि नामगिल शेर्पाले ४६, विवेक तामाङले २२, दावा सोनाम शेर्पाले २० र लाक्पा सोनाम शेर्पाले अविजित १५ रन बनाए। पाँच पोखरीका लागि भुवन खड्काले तीन, विवेक रानामगर र विजयकुमार धितालले समान दुई तथा कप्तान सार्थक धिलालले एक विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङ गरेको पाँचपोखरीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १६४ रनको योगफल तयार पारेको थियो । पाँचपोखरीका लागि सार्थक धितालले ५२ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे ।

सार्थक धिताल

यसैगरी विवेक रानामगरले ३७, आर्यन धितालले २४, लाक्पा छिरिङले १७ र विजयीकुमार धिलालले अविजित १२ बनाए । ह्याल्मोका लाक्पा शेर्पाले एक विकेट लिँदा तीन खेलाडी रनआउट भएका थिए ।

विजेता पाँचपोखरीले १ लाख रुपैयाँ तथा उपविजेता ह्याल्मो-११ ले ५० हजार रुपैयाँ प्राप्त गरे । 

प्रतियोगितामा पाँचपोखरीका सार्थक धिताल सर्वोत्कृष्ट खेलाडी हुँदा विजयकुमार धिताल उत्कृष्ट बलर चुनिए । ह्याल्मो-११ का विनोद तामाङ उत्कृष्ट ब्याटर तथा पाँचपोखरी हिमालयन क्रिकेट क्लबका पासाङ दोर्जे तामाङ उदियमान खेलाडी घोषित भए ।

पाँचपोखरी थाङ्गपाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनमा भएको प्रतियोगितामा सिन्धुपाल्चोकका आठ क्लबले सहभागिता जनाएका थिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।