चैत्र ११, २०८२ बुधबार | १५:३९:३६
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न

दाङ क्रिकेट लिग: तुलसीपुर र घोराहीको जित

 घोराही । दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिगमा बुधबार तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन्। 

घोराही क्रिकेट स्टेडियममा सम्पन्न खेलमा तुलसीपुरले पुरनधारा च्यालेन्जर्सलाई तथा घोराही टाइगर्सले देउखुरी वारियर्सलाई पराजित गरे।

 पहिलो खेलमा तुलसीपुर रोयल्सले पुरनधारा च्यालेन्जर्सलाई ३२ रनले पराजित गर्यो।

 तुलसीपुर रोयल्सले प्रस्तुत गरेको १०९ रनको लक्ष्य पछ्याएको पुरनधाराले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाएर ७६ रन मात्र बनाउन सक्यो।

पुरनधाराका लागि  कृष्ण कार्कीले १७,  राजवीर सिंहले १४, कप्तान मोहन खत्रीले १३ तथा राजु रिजालले १२ रन योगदान दिए।

तुलसीपुर रोयल्सका लागि रुपेश सिंहले तीन तथा भुवन कार्की, दिवान पुन र विनोदकुमार विकले समान एक विकेट लिए।        

त्यसअघि टस जितेर ब्याटिङ रोजेको तुलसीपुर रोयल्सले २० ओभरमा आठ विकेट गुमाउँदै १०८ रनको योगफल तयार पार्यो ।तुलसीपुरका लागि दिवान पुनले ३७, विराटसिंह भण्डारीले १७ तथा रुपेश सिंहले १० रन बनाए ।

पुरनधाराका लागि सुजल ओलीले दुई तथा कृष्ण कार्की, हरिश केसी, मोहन खत्री र दिपेन्द्र रावतले समान एक विकेट लिए।

दिनको दोश्रो खेलमा घोराही टाइगर्सले देउखुरी वारियर्सलाई पाँच विकेटले पराजित गर्यो। देउखुरीले प्रस्तुत गरेको १०३ रनको लक्ष्य घोराहीले १८.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

घोराहीका लागि दिपेश कँडेलले २६, अर्जुन घर्तीले २५, मनोज पुनले १२ तथा दिलिप नाथले १० रन बनाए।

देउखुरीका लागि आशिष ओलीले दुई तथा नारायण जोशी, विशाल विक्रम केसी र सुभम खनालले समान एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ रोजेको देउखुरी वारियर्सले २० ओभरमा नौ विकेट गुमाउँदै १०२ रनको योगफल तयार पार्यो । देउखुरीका लागि प्रज्वलबहादुर थापाले २३, आशिष ओलीले १७, सुभम खनालले १३, आवाज गौतमले १२ तथा दीपक बोहराले ११ रन बनाए।

घोराही टाइगर्सका रबिन थापा र मिलन बुढाथोकीले समान दुई तथा  दिपेश कँडेल, युनिश विक्रम सिंह र अर्जुन घर्तीले समान एक विकेट लिए।  

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो