माघ १६, २०८२ शुक्रबार | ०४:४४:४१
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

दाङ क्रिकेट लिग: तुलसीपुर र घोराहीको जित

 घोराही । दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिगमा बुधबार तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन्। 

घोराही क्रिकेट स्टेडियममा सम्पन्न खेलमा तुलसीपुरले पुरनधारा च्यालेन्जर्सलाई तथा घोराही टाइगर्सले देउखुरी वारियर्सलाई पराजित गरे।

 पहिलो खेलमा तुलसीपुर रोयल्सले पुरनधारा च्यालेन्जर्सलाई ३२ रनले पराजित गर्यो।

 तुलसीपुर रोयल्सले प्रस्तुत गरेको १०९ रनको लक्ष्य पछ्याएको पुरनधाराले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाएर ७६ रन मात्र बनाउन सक्यो।

पुरनधाराका लागि  कृष्ण कार्कीले १७,  राजवीर सिंहले १४, कप्तान मोहन खत्रीले १३ तथा राजु रिजालले १२ रन योगदान दिए।

तुलसीपुर रोयल्सका लागि रुपेश सिंहले तीन तथा भुवन कार्की, दिवान पुन र विनोदकुमार विकले समान एक विकेट लिए।        

त्यसअघि टस जितेर ब्याटिङ रोजेको तुलसीपुर रोयल्सले २० ओभरमा आठ विकेट गुमाउँदै १०८ रनको योगफल तयार पार्यो ।तुलसीपुरका लागि दिवान पुनले ३७, विराटसिंह भण्डारीले १७ तथा रुपेश सिंहले १० रन बनाए ।

पुरनधाराका लागि सुजल ओलीले दुई तथा कृष्ण कार्की, हरिश केसी, मोहन खत्री र दिपेन्द्र रावतले समान एक विकेट लिए।

दिनको दोश्रो खेलमा घोराही टाइगर्सले देउखुरी वारियर्सलाई पाँच विकेटले पराजित गर्यो। देउखुरीले प्रस्तुत गरेको १०३ रनको लक्ष्य घोराहीले १८.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

घोराहीका लागि दिपेश कँडेलले २६, अर्जुन घर्तीले २५, मनोज पुनले १२ तथा दिलिप नाथले १० रन बनाए।

देउखुरीका लागि आशिष ओलीले दुई तथा नारायण जोशी, विशाल विक्रम केसी र सुभम खनालले समान एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ रोजेको देउखुरी वारियर्सले २० ओभरमा नौ विकेट गुमाउँदै १०२ रनको योगफल तयार पार्यो । देउखुरीका लागि प्रज्वलबहादुर थापाले २३, आशिष ओलीले १७, सुभम खनालले १३, आवाज गौतमले १२ तथा दीपक बोहराले ११ रन बनाए।

घोराही टाइगर्सका रबिन थापा र मिलन बुढाथोकीले समान दुई तथा  दिपेश कँडेल, युनिश विक्रम सिंह र अर्जुन घर्तीले समान एक विकेट लिए।  

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।