माघ १६, २०८२ शुक्रबार | १०:५०:००
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

नेपालको लगातार दोस्रो हार

काठमाडौं । नेपाल त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको छ ।

शृंखलामा नेपालको यो लगातार दोस्रो पराजय हो । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रसिंह ऐरी र कप्तान रोहितकुमार पौडेलले अर्धशतकिय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १८२ मात्र बनायो ।

नेदरल्यान्ड्सका लागि रोलोफ भान डेर मार्वे र साइब्रान्ड एङ्गेलब्रेख्तले समान दुई तथा भिभियन किंगमा र आर्यन दत्तले समान एक विकेट लिए ।

पहिलो ओभरको थौथो बलमा भिभियन किंगमाले ओपनर कुशल भुर्तेललाई रनको खाता पनि खोल्न नदिइ विकेटकिपर स्कट एड्वार्डसबाट क्याच गराए ।

नवौं ओभरको पहिलो बलमा रोलोफ भान डेर मार्वेले अर्का ओपनर आसिफ शेखलाई विकेटकिपर एड्वार्डसबाट स्ट्याम्पिङ गराए । आसिफ ३४ रन बनाएर आउट भए ।

१२औं ओभरको दोस्रो बलमा कुशल मल्ललाई साइब्रान्ड एङ्गेलब्रेख्तले ११ रनमा तेजा निदामानुरुबाट क्याच गराए । सोही ओभरको छैटौं बलमा नेपालका कप्तान रोहितकुमार पौडेल आउट भए । रोहितले ३६ बलमा ६ चौका र दुई छक्काको मद्दतले ५० रन बनाए ।

१५औं ओभरको पाँचौं बलमा टिम भान डेर गुग्टेनले सन्दीप जोरालाई आठ रनमा एलबिडब्ल्युको सिकार बनाए ।

१६औ ओभरमाको तेस्रो बलमा सोमपाल कामी आउट भए । सोमपाललाई आर्यन दत्तले विस्ली बेरेसीबाट रनको खाता पनि खोल्न नपाइ क्याच गराए । 

२०औं ओभरको तेस्रो बलमा ११ रन बनाएका करण केसी रन आउट भए । अर्को बलमा मार्वेले दीपेन्द्रसिंह ऐरीलाईलाई बोल्ड गराए । दीपेन्द्रले ३४ बलमा ६ चौका र तीन छक्काको मद्दतले ६३ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८४ रनको योगफल तयार पार्यो ।

नेदरल्यान्ड्का लागि अन्तर्राष्ट्रिय ट्वान्टी २० मा डेब्यू गरेका माइकल लेभिटले अर्धशतक प्रहार गरे । यसैगरी साइब्रान्ड एङ्गेलब्रेख्त ४९ रनमा अविजित रहे ।

तेस्रो ओभरको पहिलो बलमा करण केसीले ओपनर म्याक्स ओडोउडलाई ब्यक्तिग चार रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए ।

नवौं ओभरको पाँचौं बलमा लेभिटलाई कुशल मल्लले विकेटकिपर आसिफ शेखबाट स्ट्याम्पिङ गराए । लेभिटले ३६ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ५४ रन बनाए ।

१३औं ओभरको अन्तिम बलमा ३३ रन बनाएका कप्तान स्कट इड्वार्डस रन आउट भए । इनिङको अन्तिम बलमा तेजा निदामानुरु ३१ रनमा रन आउट भए । 

अब नेपालले शुक्रबार नामिबियाको सामना गर्नेछ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।