चैत्र ६, २०८२ शुक्रबार | १६:४३:३१
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

नेपालको लगातार दोस्रो हार

काठमाडौं । नेपाल त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको छ ।

शृंखलामा नेपालको यो लगातार दोस्रो पराजय हो । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रसिंह ऐरी र कप्तान रोहितकुमार पौडेलले अर्धशतकिय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १८२ मात्र बनायो ।

नेदरल्यान्ड्सका लागि रोलोफ भान डेर मार्वे र साइब्रान्ड एङ्गेलब्रेख्तले समान दुई तथा भिभियन किंगमा र आर्यन दत्तले समान एक विकेट लिए ।

पहिलो ओभरको थौथो बलमा भिभियन किंगमाले ओपनर कुशल भुर्तेललाई रनको खाता पनि खोल्न नदिइ विकेटकिपर स्कट एड्वार्डसबाट क्याच गराए ।

नवौं ओभरको पहिलो बलमा रोलोफ भान डेर मार्वेले अर्का ओपनर आसिफ शेखलाई विकेटकिपर एड्वार्डसबाट स्ट्याम्पिङ गराए । आसिफ ३४ रन बनाएर आउट भए ।

१२औं ओभरको दोस्रो बलमा कुशल मल्ललाई साइब्रान्ड एङ्गेलब्रेख्तले ११ रनमा तेजा निदामानुरुबाट क्याच गराए । सोही ओभरको छैटौं बलमा नेपालका कप्तान रोहितकुमार पौडेल आउट भए । रोहितले ३६ बलमा ६ चौका र दुई छक्काको मद्दतले ५० रन बनाए ।

१५औं ओभरको पाँचौं बलमा टिम भान डेर गुग्टेनले सन्दीप जोरालाई आठ रनमा एलबिडब्ल्युको सिकार बनाए ।

१६औ ओभरमाको तेस्रो बलमा सोमपाल कामी आउट भए । सोमपाललाई आर्यन दत्तले विस्ली बेरेसीबाट रनको खाता पनि खोल्न नपाइ क्याच गराए । 

२०औं ओभरको तेस्रो बलमा ११ रन बनाएका करण केसी रन आउट भए । अर्को बलमा मार्वेले दीपेन्द्रसिंह ऐरीलाईलाई बोल्ड गराए । दीपेन्द्रले ३४ बलमा ६ चौका र तीन छक्काको मद्दतले ६३ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८४ रनको योगफल तयार पार्यो ।

नेदरल्यान्ड्का लागि अन्तर्राष्ट्रिय ट्वान्टी २० मा डेब्यू गरेका माइकल लेभिटले अर्धशतक प्रहार गरे । यसैगरी साइब्रान्ड एङ्गेलब्रेख्त ४९ रनमा अविजित रहे ।

तेस्रो ओभरको पहिलो बलमा करण केसीले ओपनर म्याक्स ओडोउडलाई ब्यक्तिग चार रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए ।

नवौं ओभरको पाँचौं बलमा लेभिटलाई कुशल मल्लले विकेटकिपर आसिफ शेखबाट स्ट्याम्पिङ गराए । लेभिटले ३६ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ५४ रन बनाए ।

१३औं ओभरको अन्तिम बलमा ३३ रन बनाएका कप्तान स्कट इड्वार्डस रन आउट भए । इनिङको अन्तिम बलमा तेजा निदामानुरु ३१ रनमा रन आउट भए । 

अब नेपालले शुक्रबार नामिबियाको सामना गर्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो