काठमाडौं । त्रिकोणात्मक त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपालसामू १८५रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८४ रनको योगफल तयार पार्यो ।
नेदरल्यान्ड्का लागि अन्तर्राष्ट्रिय ट्वान्टी २० मा डेब्यू गरेका माइकल लेभिटले अर्धशतक प्रहार गरे । यसैगरी साइब्रान्ड एङ्गेलब्रेख्त ४९ रनमा अविजित रहे ।
दोस्रो विकेटका लागि लेभिट र एङ्गेलब्रेख्तले ६२ रनको साझेदारी गरे । नेपालका लागि करण केसी र कुशल मल्लले समान एक विकेट लिए ।
तेस्रो ओभरको पहिलो बलमा करण केसीले ओपनर म्याक्स ओडोउडलाई ब्यक्तिग चार रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए ।
नवौं ओभरको पाँचौं बलमा लेभिटलाई कुशल मल्लले विकेटकिपर आसिफ शेखबाट स्ट्याम्पिङ गराए । लेभिटले ३६ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ५४ रन बनाए ।
१३औं ओभरको अन्तिम बलमा ३३ रन बनाएका कप्तान स्कट इड्वार्डस रन आउट भए । इनिङको अन्तिम बलमा तेजा निदामानुरु ३१ रनमा रन आउट भए ।