माघ ११, २०८२ आइतबार | ०६:५८:०४
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

नामिबियाले दियो नेपाललाई २०७ रनको लक्ष्य

काठमाडौं । जान निकोल लोफ्टी इएटनको कीर्तिमानी शतकप्रेरित नामिबियाले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको पहिलो खेलमा नेपालसामू २०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०७ रनको योगफल तयार पार्यो ।

नामिबियाका लागि जान निकोल लोफ्टी इएटनले शतक प्रहार गरे । यसैगरी मलान क्रुगर ४८ बलमा ६ चौका र दुई छक्काको मद्दतले ५९ रनमा अविजित रहे ।  
तेस्रो विकेटका लागि इएटन र क्रुगरले १३५ रनको साझेदारी गरे ।

नेपालका लागि कप्तान रोहितकुमार पोडेलले दुई तथा करण केसी र अविनाश बोहराले समान एक विकेट लिए । 

छैटौं ओभरको अन्तिम बलमा करण केसीले माइकल भान लिंगनलाई गुल्सन झाबाट क्याच गराए । लिंगन १० रन बनाएर आउट भए । नवौं ओभरको दोस्रो बलमा कप्तान रोहितकुमार पौडेलले जिन पियरे कोट्जेलाई ब्यक्तिगत ११ रनमा विवेककुमार यादवबाट क्याच गराए । 

११औं ओभरको चौथो बलमा रोहितले जान फ्रेइलिंकलाई विकेटकिपर आसिफ शेखबाट स्ट्याम्पिङ गराए । फ्रेइलिंकले पाँच रन बनाए ।

२०औं ओभरको दोस्रो बलमा इएटनलाई अविनाश बोहराले गुल्सन झाबाट क्याच गरे । इएटनले ३६ बलमा ११ चौका र आठ छक्काको मद्दतले १०१ रन बनाए । इएटनले ३३ बलमै शतक पूरा गरेका थिए । यससँगै उनी ट्वान्टी २०अन्तर्राष्ट्रियमा सबैभन्दा कम बलमा शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

इएटनले  नेपालका कुशल मल्लले १९औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध कायम गरेको ३४ बलको कीर्तिमान भंग गरेका हुन् ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate