माघ १८, २०८२ आइतबार | ००:१९:०५
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

न्युजिल्यान्डविरुद्ध अस्ट्रेलियाको ‘क्लिन स्विप’

काठमाडौं । घरेलु टोली न्युजिल्यान्डविरुद्ध अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलामा अस्ट्रेलियाले ‘क्लिन स्विप’ गरेको छ ।

अकल्यान्डस्थित इडेन पार्कमा आइतबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलिया डकवर्थ लुइस पद्धति ( डिएलएस) का आधारममा २७ रनले विजयी भयो ।

यस जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखला ३-० ले आफ्नो पक्षमा पार्यो । यसखघि अस्ट्रेलिया ६ विकेट र ७२ रनले विजयी भएको थियो ।

१२६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित १० ओभर नै ब्याटिङ गरे पनि तीन विकेट गुमाउँदै ९८ रन मात्र बनाउन सक्यो ।

न्युजिलयान्डका लागि ग्लने फिलिप्सले अविजित ४०, मार्क च्याम्पम्यानले अविजित १७, विल योंगले १३ र फिन एलनले १३ रन बनाए ।

अस्ट्रेलियाका लागि म्याथ्यु शर्ट, स्पेन्सर जोनसन र एडम जाम्पाले समान एक विकेट लिए ।

त्यसअछि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले १०.४ ओभरमा चार विकेट गुमाउँदै ११८ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो ।

समयमै वर्षा नरोकिएका कारण पहिलो इनिङको बाँकी खेल सम्भव नभएपछि न्युजिल्यान्डलाई १२६ रन लक्ष्य प्रस्तुत गरिएको थियो ।

खेल रोकिनुअघि जोश इङ्लिस १४ र टिम डेभिड आठ रन बनाएर खेलिरहेका थिए । त्यसअघि ट्रभिस हेडले ३३, म्याथ्यु शर्टले २७ र ग्लेन म्याक्सवेल २० रन बनाएर आउट भएका थिए ।

न्युजिल्यान्डका लागि एडम मिल्ने, मिचेल स्यान्टनर, वेन सियर्स र जोश क्लार्कसनले समान एक विकेट लिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।