चैत्र १८, २०८२ बुधबार | ११:२९:४७
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

न्युजिल्यान्डविरुद्ध अस्ट्रेलियाको ‘क्लिन स्विप’

काठमाडौं । घरेलु टोली न्युजिल्यान्डविरुद्ध अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलामा अस्ट्रेलियाले ‘क्लिन स्विप’ गरेको छ ।

अकल्यान्डस्थित इडेन पार्कमा आइतबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलिया डकवर्थ लुइस पद्धति ( डिएलएस) का आधारममा २७ रनले विजयी भयो ।

यस जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखला ३-० ले आफ्नो पक्षमा पार्यो । यसखघि अस्ट्रेलिया ६ विकेट र ७२ रनले विजयी भएको थियो ।

१२६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित १० ओभर नै ब्याटिङ गरे पनि तीन विकेट गुमाउँदै ९८ रन मात्र बनाउन सक्यो ।

न्युजिलयान्डका लागि ग्लने फिलिप्सले अविजित ४०, मार्क च्याम्पम्यानले अविजित १७, विल योंगले १३ र फिन एलनले १३ रन बनाए ।

अस्ट्रेलियाका लागि म्याथ्यु शर्ट, स्पेन्सर जोनसन र एडम जाम्पाले समान एक विकेट लिए ।

त्यसअछि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले १०.४ ओभरमा चार विकेट गुमाउँदै ११८ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो ।

समयमै वर्षा नरोकिएका कारण पहिलो इनिङको बाँकी खेल सम्भव नभएपछि न्युजिल्यान्डलाई १२६ रन लक्ष्य प्रस्तुत गरिएको थियो ।

खेल रोकिनुअघि जोश इङ्लिस १४ र टिम डेभिड आठ रन बनाएर खेलिरहेका थिए । त्यसअघि ट्रभिस हेडले ३३, म्याथ्यु शर्टले २७ र ग्लेन म्याक्सवेल २० रन बनाएर आउट भएका थिए ।

न्युजिल्यान्डका लागि एडम मिल्ने, मिचेल स्यान्टनर, वेन सियर्स र जोश क्लार्कसनले समान एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो